सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका दुई सहित तीन जना कोरोना सङ्क्रमणको मृत्यु


  •    न्युजभित्तो/२१ बैशाख २०७८, मंगलवार ११:४२ 
  •  चितवन, २१ वैशाख । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका दुई जना रहेका छन् भने एक जना बाराका रहेका छन् ।
    तीनै जनाको भरतपुर अस्पतालमा मृत्यु भएको हो । अस्पतालका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २२ का ७४ वर्षिय वृद्धा रहेका छन् । मधुमेह, रक्तचाप र निमोनियाको उपचारका लागि वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा बैशाख १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
    कोरोना पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ७ः२१ वजे उनको मृत्यु भएको हो । यस्तै माडी नगरपालिका वडा नम्बर ३ का ६९ वर्षिय वृद्धको उपचारका क्रममा सोमबार राती १२ः४५ वजे मृत्यु भएको छ । निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएर उपचारका लागि अस्पताल आएका उनमा बैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
    कोरोना सङ्क्रमण पुष्टि पछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो । बाराको सिमरा उपमहानगरपालिका वडा नम्बर १ बस्ने ३८ वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । छातीमा समस्या भई बैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना संङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको सोमबार साँझ ६ः४५ वजे मृत्यु भएको हो । यो संगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय १९ जना पुगेको छ । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.