भरतपुर, २१ वैशाख । चितवनमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१० शान्तिबजारस्थित लागुऔषध खैरो हिरोइनको कारोबार भइरहेको सूचना पाएलगत्तै पुगेको प्रहरीले एक युवकलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पूर्वी चितवनकै राप्ती नगरपालिका–८ वीरेन्द्रनगर बस्ने ३२ वर्षीय सुजन तामाङ रहेका छन् । प्रहरीलाई देखेपछि भाग्दै गरेको अवस्थामा साँझ ६ः३० बजेको समयमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट लागुऔषध (खैरो हेरोइन) छ ग्राम २४० मिलीग्राम बरामद गरेको छ । साथै उनको साथबाट प्रहरीले नगद रु ३२ हजारसमेत बरामद गर्न सफल भएको छ । उनलाई इलाका प्रहरी कार्यालय खैरहनीमा राखी थप अनुसन्धान भइरहेको छ । (रासस)