सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मोरङमा सामाजिक सुरक्षा कोष सञ्चालन


  •    न्युजभित्तो/२० बैशाख २०७८, सोमबार १४:१७ 
  • विराटनगर, २० वैशाख । उद्योग संगठन मोरङले सामाजिक सुरक्षा कोषको कार्यालय, काठमाडौंसँगको समन्वयमा उपत्यका बाहिर प्रथम पटक सामाजिक सुरक्षा कोषको सहजीकरण एकाई सञ्चलनमा ल्याएको छ ।

    सरकारले २०७६ साउन देखिलागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका सम्बन्धमा जानकारी एवं कोषमा सूचीकरण, दावी भुक्तानि लगायतका विषयमा सूचना एवं सेवाहरु प्राप्त गर्नका लागि श्रमिकहरुले काठमाडांै धाउनु पर्ने वाध्यता अन्त्य भएको छ ।

    संगठनको सचिवालयमा रहेको एकाईले सामाजिक सुरक्षा योजनाहरु सम्बन्धी अभिमूखिकरण, उद्योग प्रतिष्ठान र श्रमिकहरुलाई सूचीकरण सम्बन्धी जानकारी उपलब्ध गराउनुका साथै रोगजारदाता र योगदानकर्ताहरुको सूचीकरणका लागि प्राविधिक सहयोग गर्दै सेवाग्राही र सामाजिक सुरक्षा कोष काठमाडौं बीच समन्वयकारी भूमिका निर्वाह गर्नेछ ।

    त्यसैगरी दाबी भुक्तानीका लागि आवश्यक कागजात र प्रक्रियाको जानकारी, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा असक्त्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजनाको दाबीका लागि आवश्यक कागजातको प्रारम्भिक रुजु, वृद्ध अवस्था सुरक्षा योजना दावीका लागि प्रक्रियाका साथै योजनाहरुको दाबी भुक्तानीको अवस्था वारे एकाईले सहजीकरण गर्ने छ ।

    संगठनमा स्थापना भएको एकाईले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गराउन रोजगारदाता र श्रमिक बीच समन्वय, सुरक्षा योजनाहरुको दावी भुक्तानीका सम्बन्धमा रहेको अन्यौलता हटाई सामाजिक सुरक्षा कोषमा यस क्षेत्रका श्रमिकहरुको पहुँच स्थापित गर्न सहयोग पु¥याउने संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.