सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकारलाई स्वास्थ्य सामग्री वितरण


  •    न्युजभित्तो/२० बैशाख २०७८, सोमबार १३:५१ 
  • बनेपा, २० वैशाख । नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले अन्तरराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा यहाँका क्रियाशील पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

    बनेपा हेल्थ केयर र रेडियो टेलिभिजन प्रसारक मञ्चको सहयोगमा महासङ्घले कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा पनि फिल्डमा खटेर काम गर्ने पत्रकारलाई सहयोगस्वरुप मास्क, स्यानिटाइजर, फेसशिल्ड, ग्लोब्सलगायतका सामग्री वितरण गरेको हो ।

    प्राप्त सामग्री जिल्लामा प्रकाशित पत्रपत्रिका, रेडियो स्टेशन, अनलाइन सञ्चार गृहलगायतमा क्रियाशील सञ्चारकर्मीलाई सो सामग्री उपलब्ध गराइएको हो ।

    संसारभर मनाइने प्रेस स्वतन्त्रता दिवसका अवसरमा कुनै औपचारिक कार्यक्रम गर्न नमिले पनि कोभिडको महामारीका बेला पत्रकारलाई सुरक्षित तरिकाले कार्यक्षेत्रमा खटिन तथा समाचार सङ्कलन कार्यमा लाग्न हौसलास्वरुप स्वास्थ्य सामग्री वितरण गरिएको नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका अध्यक्ष तिमल्सिनाले बताउनुभयो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.