सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए


  •    न्युजभित्तो/२० बैशाख २०७८, सोमबार १३:४७ 
  • काठमाडौँ, २० वैशाख । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् ।

    अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

    अध्यागमन विभागले सार्वजनिक गरेको अप्रिल महिनाको तथ्याङ्कअनुसार एक महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै विभिन्न १४४ देशबाट २२ हजार ४५० विदेशी नेपाल भित्रिएका छन् ।

    त्यसमा १७ हजार ५९४ पुरुष, चार हजार ८१९ महिला र ३७ अन्य नागरिक नेपाल भित्रिएका हुन् । विभागको तथ्याङ्कअनुसार एक महिनामा सबैभन्दा धेरै भारतबाट १३ हजार २०२ भारतीय पर्यटक नेपाल भित्रिएका छन् । त्यसमा ११ हजार ८०४ पुरुष, एक हजार ३६२ महिला र ३६ जना अन्य नागरिक रहेका छन् ।

    यसैगरी चीनबाट ८०३ पर्यटक नेपाल भित्रिएका छन् । सोमा ६६५ पुरुष र १३८ महिला छन् । गत जनवरीमा आठ हजार ८७४ र फेबु्रअरीमा नौ हजार १४६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यस्तैगरी गत मार्चमा १४ हजार ९७७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

    त्यसैगरी एक महिनामा १७ हजार ५७७ विदेशी पर्यटक स्वदेश फर्किएका छन् । सोमा १३ हजार ८०४ पुरुष, तीन हजार ७४७ महिला र २६ जना अन्य नागरिक रहेका छन् ।

    एक महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ५८ हजार ४४९ नेपाली स्वदेश फर्किएका छन् । त्यसमा ४८ हजार ७९९ पुरुष, नौ हजार ६४६ महिला र चार अन्य नागरिक छन् । यस्तै एक महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै ५१ हजार ७७५ नेपाली विदेशिएका छन् । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.