कोरोनाबाट मृत्यु भएका परिवारलाई कर्णाली सरकारले एक लाख रुपैयाँ दिने
न्युजभित्तो/२० बैशाख २०७८, सोमबार १३:२८
सुर्खेत, २० वैशाख । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेका परिवारलाई राहत स्वरुप एक लाख रूपैयाँ दिने निर्णय गरेको छ ।
शुक्रबार बसेकाे प्रदेश मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणबाट मृत्यु भएमा मृतकका परिवारलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराउने निर्णय गरेकाे प्रदेश सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् । ‘विपद्को घडीमा नागरिकलाई राहत दिने हेतुले यस्तो निर्णय गरिएको हो,’ आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेकी केसीले भनिन् ।