सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय वनबाट ३५ हजार केजी धुपीपात संकलन


  •    न्युजभित्तो/२० बैशाख २०७८, सोमबार १२:०८ 
  • फुङ्लिङ, २० वैशाख  । ताप्लेजुङ जिल्लाको राष्ट्रिय वनबाट चालु आर्थिक वर्षमा ३५ हजार किलो धुपीपात संकलन भएको छ ।

    जिल्लाभित्रका विभिन्न क्षेत्रका राष्ट्रिय वनबाट ती वस्तु संकलन गरिएको हो । हिमाली क्षेत्रमा पाइने धुपीपात प्रत्येक वर्ष संकलन हुँदै आएको छ । प्रतिकेजी रु दुई का दरले रु ७० हजार राजस्व जिल्ला वन कार्यालयमा जम्मा भएको वन व्यवस्थापन शाखाका एसिस्टेण्ट फरेष्टर सीता योगीले बताउनुभयो ।

    पूजापाठमा धुपीपात प्रयोग हुँदै आएको छ । धुपीपातबाट औषधिजन्य तेलसमेत निकालेर राम्रो मूल्यमा बिक्री हुने गरेको छ । समुद्र सतहदेखि २५ मिटरसम्मका राष्ट्रिय वनमा प्रशस्त धुपी पाइने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । कञ्चनजंघा संरक्षण क्षेत्रमा धुपी प्रशस्त भए पनि व्यापारिक प्रयोजनका लागि संकलन हुन नसकेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का लेखाअधिकृत मनकुमार लिम्बूले बताउनुभयो ।

    विगत वर्षमा संकलन भए पनि चालु आवमा संकलन गरेर संरक्षण क्षेत्र भन्दा बाहिर निकासी नभएको कञ्चनजंघा संरक्षण क्षेत्रका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताउनुभयो । फक्ताङलुङ गाउँपालिका—६ घुन्सामा धुपीतेल उद्योग अहिले बेवारिसे अवस्थामा छ । दुई वर्षसम्म सञ्चालन भएपछि दर्ता प्रक्रिया पूरा हुन नसकेपछि बन्द गर्नुपरेको सञ्चालक पेमा शेर्पा बताउनुहुन्छ । घुन्सामा उत्पादन भएको धुपीको तेल काठमाडौँमा प्रतिलिटर रु तीन हजार ५०० का दरले बिक्री हुने गरेको सञ्चालक शेर्पाले बताउनुभयो ।

    राष्ट्रिय वन संकलित धुपीपात व्यापारीले प्रतिकिलो रु ६० का दरले खरीद गर्दै आएको मेरिङ्देन गाउँपालिका—५ का धुपीपात व्यापारी रिङ शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो,“हामी गाउँमा गएर ६० रुपैयाँमा खरीद गर्छौँ । गाउँदेखि सदरमुकाम फुङ्लिङसम्म चौंँरीमार्फत ढुवानी गर्छाँै ।” हिमाली क्षेत्रमा पाइने धुपीपात ताप्लेजुङबाट इलामको पशुपतिनगर हँुदै भारत निकासी हुने व्यापारी शेर्पाले बताउनुभयो ।

    नेपाल र भारतको नाका पशुपतिनगरमा प्रतिकिलो रु १६० का दरले खरीद बिक्री हुने व्यापारी शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले ताप्लेजुङदेखि इलामको पशुपति नाकाको बजारसम्म पु¥याएर त्यहीँका व्यापारीलाई बिक्री गर्छौँ । त्यहाँका व्यापारीले भारतका विभिन्न बजारमा बिक्री गर्छन् ।” नेपालमा पाइने धुपीपातको माग भारतमा उच्च भएको व्यापारी शेर्पाले बताउनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.