सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीय तहलाई सूचना तथा सञ्चार प्रविधिमैत्री बनाउनुपर्नेमा जोड


  •    न्युजभित्तो/१९ बैशाख २०७८, आईतवार १५:१७ 
  • काठमाडौँ, १९ वैशाख । ‘डिजिटल नेपाल’ को आकाङ्क्षा पूरा गर्नका लागि स्थानीयवासीलाई सूचना तथा सञ्चार प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिइएको छ ।

    ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमबाट शुभकामना व्यक्त गर्दै वक्ताहरुले स्थानीय तहका प्रत्येक कार्यालयलाई आइसिटीमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

    राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले आइसिटी क्षेत्र मुलुकको आर्थिक विकासलागयत सबै क्षेत्रको विकासमा जोडिएको जनाउँदै आइसिटी क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो ।

    सरकारमा मुख्य सचिव शङ्करदास वैरागीले डिजिटल नेपालको उद्देश्य पूरा गर्न सबैभन्दा पहिला सरकारी कामकाजलाई नै व्यावहारिक रुपमै डिजिटलमैत्री बनाउने कार्य भइरहेको बताउनुभयो । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्दै दूरसञ्चार सेवालाई सबै जनताको पहुँचमा पु¥याउने गरी प्राधिकरण तीव्र रुपमा काम गरिरहेको जानकारी दिनुभयो ।

    दिवसका अवसरमा मन्त्रालयले आइसिटी क्षेत्रमा योगदान पुयाउने चार सङ्घसंस्था र व्यक्तिलाई आज आइसिटी अवार्ड प्रदान गरेको छ । मन्त्रालयले सुदीप पराजुली, कुसुम लामा, हुवाय कम्पनी र सार्वजनिक महालेखा नियन्त्रण कार्यालयलाई सो अवार्ड प्रदान गरेको हो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.