सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री शितलनिवास गएपछि प्रदेशसभा विघटनको चर्चा,


  •    न्युजभित्तो/१९ बैशाख २०७८, आईतवार १५:१० 
  • काठमाडौं,१९ वैशाख। लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार बनाउने उद्देश्यले राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेको खबर बाहिरिइरहँदा यसले कस्तो राजनीतिक मोड लिन्छ भन्नेतर्फ चासो बढिरहेको छ । यही बीचमा एमाले स्थायी कमिटीको बैठकलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली शितलनिवास गएका छन् ।

    प्रधानमन्त्री राष्ट्रपति कार्यालय शितलनिवासतिर गएपछि यसले राजनीतिक वृत्तमा तरंग ल्याएको छ । प्रधानमन्त्रीले प्रदेशसभा विघटन गर्न सक्ने चर्चा समेत बढेको छ । प्रदेशसभामा आफ्नो दल अप्ठ्यारोमा परेपछि प्रधानमन्त्रीले प्रदेशसभा विघटन गरी संघीय शासन लागू गराउँछन् कि भन्ने आशंक पनि बढेको छ । यसअघि प्रतिनिधि सभा विघटन गर्न सिफारिस गरिसकेकोले पनि प्रधानमन्त्रीको सम्भावित कदमप्रति चासो बढेको हो ।

    यसअघि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न गरेको सिफरिस असंवैधानिक ठहर भएको भए पनि संविधानमा प्रदेश सभा भने विघटन गर्न सकिने व्यवस्था गरिएको छ । संविधानको धारा २३२ (३) मा ‘कुनै प्रदेशमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा स्वाधीनतामा गम्भीर असर पर्ने किसिमको कार्य भएमा राष्ट्रपतिले त्यस्तो प्रदेश मन्त्रिपरिषदलाई आवश्यकता अनुसार सचेत गराउन, प्रदेश मन्त्रिपरिषद र प्रदेश सभालाई बढीमा छ महिनासम्म निलम्बन गर्न वा विघटन गर्न सक्नेछ’ भनिएको छ ।

    प्रदेशसभा राष्ट्रपतिले एक्लै गर्न भने मिल्दैन । संविधानको घारा ६६ (२) मा राष्ट्रपतिको काम कर्तव्य र अधिकार सम्बन्धी व्यवस्थामा ‘…यो संविधान वा संघीय कानून बमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको कार्य बाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषदको सिफारिस र सम्मतिबाट हुनेछ । त्यस्तो सिफारिस र सम्मति प्रधानमन्त्री मार्फत पेश हुनेछ’ भनिएको छ ।

    अर्थात अहिलेको परिस्थितिमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रदेश सभा विघटन गर्न मिल्छ । तर, त्यस्तो विघटन ३५ दिनभित्र संघीय संसदको तत्काल कायम रहेको संख्याको बहुमतले पारित गराउनुर्ने संविधानको धारा २३२ (४) मा व्यवस्था छ । यदि ३५ दिनभित्र विघटनको निर्णय संघीय संसदको बहुमतले अनुमोदन गरेमा त्यो प्रदेशमा ६ महिनाभित्र निर्वाचन गर्नुपर्छ तर यदि संघीय संसदको बहुमतले अनुमोदन नगरेमा भने विघटनको निर्णय स्वतः निष्क्रिय हुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.