सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक हप्ताका लागि धुलिखेल नगरपालिकाको सेवा बन्द हुने


  •    न्युजभित्तो/१९ बैशाख २०७८, आईतवार १४:३७ 
  • काठमाडौं,१९ वैशाख। नगरपालिका भित्र कोरोनाका संक्रमित भेटिन थालेपछि धुलिखेल नगरपालिकाले १ हप्ताका लागि सम्पूर्ण सेवा बन्द गरेको छ। नगरप्रमुख अशोक कुमार ब्याञ्जुले डिसीनेपालसँग कुरा गर्दै १ हप्ताका लागि सम्पूर्ण सेवा बन्द गरिएको जानकारी दिए।

    विश्वमा फैलिएको कोरोना महामारीको दोश्रो लहर नेपालमा पनि फैलिइरहेको छ। ‘धुलिखेल नगरपालिका भित्र पनि १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि रोकथाम तथा नियन्त्रणका लागि सेवा बन्द गरिएको हो।’ नगर प्रमुख ब्याञ्जुले भने, ‘यो बीचमा कन्ट्रयाक्ट ट्रेसिङ गर्ने र कोरोना महामारीका विरुद्ध लाग्नका लागि पनि सेवा बन्द गरिएको हो।’

    नगरको तर्फबाट सूचना पनि प्रकाशित गरेर सेवा बन्द हुँदा नगरबासीमा पर्न गएको असुविधा प्रति नगरपालिका क्षेमा प्रार्थी भएको जनाइएको छ। सूचनामा भनिएको छ, ‘डिसीसीएमसी काभ्रेको बैशाख १८ गतेको निर्णयलाई आधार मानी बैशाख २० गतेदेखि लागु हुने गरी १ हप्ताका लागि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको छ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.