कोरोनाको उपचारको लागि थप कर्मचारीको माग : भरतपुर अस्पताल
न्युजभित्तो/१९ बैशाख २०७८, आईतवार १४:३२
चितवन, वैशाख १९ । चितवनमा कोरोनाका बिरामी बढेसँगै भरतपुर अस्पतालले कोरोनाको उपचारको लागि थप कर्मचारी माग गरेको छ ।
आज अस्पतालले विज्ञापन प्रकाशित गरेर पाचौं तहदेखि आठौं तहसम्मका कर्मचारी स्टाफ नर्सदेखि मेडिकल अधिकृतसम्म माग गरेको हो ।
अस्पतालले प्रकाशित गरेको विज्ञापनमा बायो मेडिकल इञ्जिनियर एक जना, मेडिकल अधिकृत, स्टाफ नर्स र रेडियोग्राफर केही संख्यामा माग गरेको छ । वैशाख २४ गतेसम्ममा अन्तरर्वार्ताका आधारमा छनोट गर्ने गरी करार सेवामा कर्मचारी माग भएको अस्पतालले जनाएको छ ।