सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महाकाली अस्पताललाई रु १० लाख आर्थिक सहयोग


  •    न्युजभित्तो/१९ बैशाख २०७८, आईतवार १४:१५ 
  • कञ्चनपुर, १९ वैशाख  । बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ । नगरप्रमुख अशोक चन्दले आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई रु १० लाखको चेक हस्तान्तरण गर्नुभएको छ । कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री, अक्सिजन, भेन्टिलेटरलगायत खरीदका लागि बेदकोटले आर्थिक सहयोग गरेको हो ।

    चेक हस्तान्तरण गर्दै नगरका प्रमुख चन्दले कोरोना महामारी नियन्त्रणका लागि पाालिकाका तर्फबाट सहयोग गरिएको बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोेशी ९बोक्सर०ले पालिकाबाट भौतिक, आर्थिक एवं नैतिक सहयोगको अपेक्षा गर्दै महाकाली अस्पतालममा कोरोना रोककथामका लागि प्रयास आवश्यक रहेको जानकारी दिनुभयो ।

    अस्पतालमा अक्सिजनलगायत स्वास्थ्य उपकरणको अभाव भइरहेका बेला पालिकाबाट पाइएको सहयोगले केही राहत पुगेको उहाँले बताउनुभयो । यसैगरी, भीमदत्त नगरपालिककाले समेत अक्सिजन खरीदका लागि अस्पताललाई रु २० लाख दिने घोषणा गरेको छ । कोरोनाको चेन तोड्नका लागि पालिकाले महाकाली अस्पतालसँग सहकार्य गरिरहेका छन् ।

    सङ्क्रमितको मृत्यु

    कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका दुईजना कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।

    अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा गोविन्द रोकायाका अनुसार मृत्यु हुनेमा भीमदत्त नगरपालिका–७ का ५५ वर्षीया महिला र सोही नगरपालिका १८ का ४७ वर्षीय पुरुष रहेका छन् । महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो ।

    अक्सिजनको सहायतामा उपचार भइरहेकै अवस्थामा महिलाको मृत्यु भएको हो । यसैगरी, गत वैशाख १४ गते कोरोना सङ्क्रमित भई अस्पताल भर्ना भएका पुरुषको सघन उपचार कक्ष (आइसियु)मा उपचारका क्रममा आज मृत्यु भएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.