सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निषेधाज्ञामा निःशुल्क एम्बुलेन्स सेवा


  •    न्युजभित्तो/१९ बैशाख २०७८, आईतवार ११:५१ 
  • काठमाडौँ, १९ वैशाख कोभिड–१९ महामारीको असहज परिस्थितिमा समस्यामा परेका बिरामीको सहजताका लागि आकस्मिक उपचार तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ ।

    काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा तीव्र रुपमा फैलिरहेको महामारीले बिरामीलाई असहज भएको दृष्टिगत गर्दै ओम समाज डेन्टल हस्पिटल, बिराज समाज तथा सामाजिक अभियान्ताहरुको अगुवाइमा आकस्मिक स्वास्थ्य सेवासहितको एम्बुलेन्स सेवा शुरु गरिएको हो । यो अभियानलाई सामाजिक अभियान्ता देवेन्द्र प्रधान ,क्याप्टेन विजय लामा, पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल , शिक्षाकर्मी कर्णबहादुर शाही, अधिवक्ता सञ्जयराज अधिकारी, पर्यटन व्यवसायी रामहरि शर्मा, अभियन्ता ज्ञानेन्द शाही, वरिष्ठ कलाकार निखिल उप्रेती, केदार घिमिरे लगायतको सहयोग छ ।

    अभियान्ता प्रधानले कोभिड–१९ महामारीको असहज परिस्थितिमा समस्यामा परेका बिरामीको सहजताका लागि आकस्मिक उपचार तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

    अभियानअन्तर्गत गरीब, दुःखी, असहाय वा एम्बुलेन्स सुविधा लिन अफ्ठ्यारोमा परेका व्यक्तिका लागि सेवाको भावले आफूहरुले पूर्ण सहयोग गरी सम्भव भएसम्म हस्पिटल पु¥याउने ओम समाज हस्पिटलका अध्यक्ष डा सुवास घिमिरेले जानकारी दिनुभयो । शनिबारदेखि शुरु गरिएको अभियानअन्तर्गत कोभिडका बिरामीलाई उनीहरुले चाहेका अस्पताल पु¥याउने तथा अक्सिजनको व्यवस्थापनको कार्य गर्दै आएको उहाँले बताउनुभयो । दैनिक ४० देखि ५० बिरामीले यो सेवा लिइरहेका छन् । आज दुई सयभन्दा बढी फोन कल आएको र बिरामी व्यवस्थापनमा अभियान सक्रिय रुपमा जुटेको बताइएको छ ।

    बिरामीलाई आवश्यकताअनुसार निःशुल्क आकस्मिक स्वास्थ सेवा सहितको एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । बिरामीले आफूले चाहेको अस्पताल आफैँ छान्न सक्नेछन् । डा घिमिरेले अहिलेको असहज परिस्थितिमा भौतिक दूरी कायम गर्दै मास्क लगाउन र अनावश्यक सिलिन्डर स्टक नगर्नसमेत आग्रह गर्नुभएको छ ।

    त्यस्तै, अभियन्ताहरुले पनि नअत्तालिन, मनोबल कमजोर पार्ने खालका सामग्री सामाजिक सञ्जालमा पोस्ट र शेयर नगर्न आग्रह गर्नुभएको छ ।

    सो अभियानको सहयोगार्थ तत्काललाई इन्द्र अन्नपूर्ण लाइन्स, बिराज समाज, क्याप्टेन लामा, पूर्वप्रहरी प्रमुख खनाल , शिक्षाकर्मी शाही, डा घिमिरे, अधिवक्ता अधिकारी, व्यवसायी शर्मा, अभियन्ता शाही, कलाकार उप्रेती, घिमिरे, तथा प्रधानले जनही रु १५ हजार उपलब्ध गराउनु भएको अभियानले जनाएको छ । स्वास्थकर्मी जिता बराल, मुना साधना विश्कर्मा, निर्मल कार्की तथा चालक तेन्जिङ तामाङको टोलीले बिरामीलाई अस्पतालसम्म पु¥याउन आकस्मिक स्वास्थ सेवा तथा एम्बुलेन्स सेवामा कार्य गर्ने बिराज समाजका अध्यक्ष रामप्रसाद दाहालले बताउनुभयो । सेवा लिनका लागि सम्पर्क नं ९८५१२७७३४२, ९८५१२३९३४२ र ९८५१३१२४१७ सम्पर्क गर्न सकिनेछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.