चितवनमा निषेधाज्ञा उल्लङ्घन गर्ने ५८२ व्यक्ति र ८४१ सवारी साधन कारवाहीमा
न्युजभित्तो/१९ बैशाख २०७८, आईतवार १०:१४
चितवन, १९ वैशाख । दोस्रो लहरमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि चितवनमा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्नेलाई धमाधम कारवाही गरिँदैछ ।
यहाँ निषेधाज्ञा उल्लङ्घन गर्ने दुई हजार ५८२ मानिस तथा ८४१ वटा सवारी साधनलाई कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज गिरीले शनिबार दिनभरमा सो सङ्ख्यामा कारवाही गरिएको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइहरुबाट कारवाही गरिएको गिरीको भनाइ छ । कारवाहीबाट रु ७२ हजार ९०० जरिवाना असुल गरिएको भन्दै गिरीले सो अवसरमा ५० थान मास्कसमेत वितरण गरिएको जानकारी दिनुभयो । निषेधाज्ञामा तोकिएकाबाहेकका सवारी चलाउनेलाई कारवाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १६ गते रातिदेखि ३१ गते रातिसम्म निषेधाज्ञा जारी गरेको छ ।
निर्माणाधीन रङ्गशालालाई सहयोग
चितवन समाज आयरल्याण्डले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग गरेको छ । शनिबार रङ्गशाला परिसरमा आयोजित एक कार्यक्रमका बीच समाजका महासचिव विवेकराज सपकोटाले धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई रु तीन लाखको चेक हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा अध्यक्ष धुर्मुसले कठिन परिस्थितिमा पनि विदेशी भूमिमा रहेर बगाएको रगत पसिनाको कमाइ सङ्कलन गरी सहयोग उपलब्ध गराएको भन्दै दाता संस्था चितवन समाज आयरल्याण्डका अध्यक्ष चेतराज ओली र सम्पूर्ण आयरल्याण्डवासी सहयोगी नेपालीहरुप्रति आभार व्यक्त गर्नुभयो । समाजका महासचिव सापकोटाले जनस्तरबाट निर्माणाधीन रङ्गशालालाई सम्पन्न गराउन सरकारदेखि गैरआवासीय नेपालीसम्मलाई सहयोगको निम्ति आह्वान गर्नुभयो ।