सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सङ्कटमा राज्यले हतास नभई नागरिकलाई ढाडस बन्नुपर्छ : कांग्रेस


  •    न्युजभित्तो/१८ बैशाख २०७८, शनिबार १३:१९ 
  • काठमाण्डौं, १८ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्कटका बेला नागरिकलाई आग्रह गरिरहँदा हतास नभई विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुने जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज शनिबार विज्ञप्तिमार्फत सङ्कटमा अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइसकेको’ सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैरजिम्मेवार प्रवृत्ति पुष्टि भएको बताउनुभएको छ ।

    कांग्रेसले युद्धस्तरमा कार्य गर्न र कोरोनाविरुद्धको सङ्घर्षमा राज्यको क्षमता विस्तार गर्न सरकारलाई आग्रह गरेको छ । शय्या, भेन्टिलेटर, अक्सिजन प्लान्ट र सिलिन्डर आदिमा सरकारको वास्तविक क्षमता कति हो, सङ्क्रमणको विस्तार कुन हदसम्म हुनसक्छ भन्ने विज्ञ अनुमान र विश्लेषण छ, त्यो हद सामना गर्न शय्यालगायत सरकारसँग बजेट, पूर्वाधार या इच्छाशक्ति के अभाव छ यसमा योजनाबद्ध र दृढ़ ढङ्गले प्रस्तुत हुन जरुरी रहेको भनी कांग्रेसले सुझाव दिएको छ ।

    कांग्रेसले निजी क्षेत्रका अस्पताललाई कोरोनाविरुद्धको सङ्घर्षमा बृहत्तर सहकार्यमा कसरी गोलबन्द गर्ने, राजनीतिक दल, सङ्घसंस्था र समाजसँंग सरकारले गरेको सहयोग अपेक्षा के हो, फ्रन्टलाइनमा रहेर कार्य गरिरहेका स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न सरकार कसरी प्रस्तुत हुने, खोपको पछिल्लो खेप आयातमा अन्तरराष्ट्रिय पहलकदमी कति तीव्रतर छ भन्ने समग्र विषयमा सरकार प्रष्ट, पारदर्शी, योजनाबद्धरुपमा प्रस्तुत हुनुपर्ने जनाएको छ । सङ्कटका बेला हरेक नागरिकको अभिभावक राज्य हुनुपर्ने जनाउँदै प्रवक्ता शर्माले परिस्थितिको गम्भीरताबमोजिम कार्य गर्न सरकारलाई सजग गराउनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.