सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँकेमा एकै दिन छ कोरोना सङ्क्रमितको मृत्यु


  •    न्युजभित्तो/१८ बैशाख २०७८, शनिबार १३:१३ 
  • बाँके, १८ वैशाख । यहाँ गए रातभरीमा छ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृतकमा बाँकेका तीन, दाङ्घका दुई र कपिलवस्तुका एक जना रहेका छन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार दाङ्घ तुलसीपुर उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । यही वैशाख १६ गते भर्ना गरिएका उनको १७ गते साँझ ७ः०० बजे पीसीआर गरिएको थियो । उनको रिपोर्ट नआउँदै मृत्यु भइसकेको थियो ।

    नेपालजञ्ज उपमहानगरपालिका–६ का ४७ वर्षीया महिलाको मेडिकल कलेज कोहलपुरमा राति ९ः३० बजे मृत्यु भएको छ । यही वैशाख १५ गते भर्ना गरिएका उनको १६ गते पीसीआर गरिएको थियो । नेपालगञ्ज मेडिकल कलेजमा कपिलवस्तु कृष्णनगर नगरपालिका–५ का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ । यह िवैशाख १५ गते मेडिकल कलेजमा भर्ना भएका उनको भोलीपल्ट पीसीआर गरिएको थियो । गए राति १०ः०० बजे उनको मृत्यु भएको छ । नेपालगन्ज–१० का ५५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ ।

    यही वैशाख १३ गते पीसीआर गरेपछि १४ गते भेरीमा भर्ना भएका बिरामीको आज बिहान ४ः०० बजे मृत्यु भएको छ । मेडिकल कलेज कोहलपुरमा कोहलपुर नगरपालिका–११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । यही वैशाख १० गते कोहलपुरमा भर्ना गरिएका उनको ११ गते पीसीआर गरिएको थियो । राति १२ः३० बजे उनको मृत्यु भएको छ ।

    दाङ्घ दगीशरण गाँउपालिका वडा नं १ का ६० वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । यही वैशाख ८ गते भर्ना गरिएका उनको ११ गते पीसीआर गरिएको थियो । उनको आज बिहान ४ः०० बजे मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११८ पुगेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.