नेपालमा पछिल्लो २४ घण्टामा थपिए ५ हजार ७२७ जना कोरोना संक्रमित
न्युजभित्तो/१७ बैशाख २०७८, शुक्रबार १७:१६
काठमाडौं, वैशाख १७ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।