सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जीवन उपयोगी शिक्षाका लागि सरकार प्रतिवद्ध : प्रधानमन्त्री ओली


  •    न्युजभित्तो/१७ बैशाख २०७८, शुक्रबार १६:२६ 
  • काठमाडौं,१७ वैशाख  । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प तिव्र गतिका साथ पूरा गर्न प्राविधिक शिक्षाको प्रवर्धन तथा विस्तार अनिवार्य भएको बताएका छन् ।

    मित्र राष्ट्र कोरिया सरकारको सहयोगमा प्राविधिक प्रशिक्षण प्रतिष्ठान परिसरमा नवनिर्मित सूचना प्रविधि भवनको भर्चुअल माध्यमबाट समुदघाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

    प्रतिष्ठानको २९ सौं वार्षिकोत्सवका अवसर पारेर आयोजित उक्त समारोहमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै रोबोट यन्त्रको सहायताले भवनको रिवन काट्दै शीला स्तम्भ अनावरणसमेत गरेको थियो ।

    उद्घाटन पछि कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दे प्रधानमन्त्रीले सरकार नागरिकलाई जीवन उपयोगी शिक्षा दिन हरेक क्षेत्रबाट लागि परेको समेत बताए ।

    शिक्षा प्राप्त गरेका हरुलाई आफ्नो शैक्षिक प्रमाणपत्र आफै समस्या नबनोस् बरु त्यो पं्रमाणपत्रलाई व्यक्ति समाज र राष्ट्रलाई नै उपयोगी ढंगले योगदान पुर्याउने प्राविधिक शिक्षाको प्रवर्धनमा देश लागि रहेको उनले बताए ।
    कोभिड १९ को महामारीले गर्दा भौतिक रुपमा उद्घाटन गर्न सक्नुसमेत प्राविधिक शिक्षाको सफलताको सूचक भएको प्रधानमन्त्रीको भनाइ छ ।
    प्रतिष्ठानले विगत दुई दशक भन्दा बढी समयदेखि प्राविधिक शिक्षा तथा व्यवसायिक तलिम दिँदै आएको छ । हालसम्म ३३ हजार भन्दा बढी व्यक्तिहरुले प्रतिष्ठानमार्फत व्यावसायिक तालिम पाइसकेका छन् ।

    कोरियाली सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग –कोइका) को अनुदान सहयोगमा यो भवन निर्माण गरिएको हो । कोरियाले नेपाललाई उपलब्ध गराएको ५० लाख अमेरिकी डलरको प्राविधिक सहायता अन्तर्गत भवन निर्माणसँगै प्रशिक्षकको गुणस्तर अभिवृद्धि गर्ने र खासगरी उनीहरुलाई सूचना प्रविधिकसँग अभ्यस्त गराउने उद्देश्य प्रतिष्ठानको छ ।

    नवनिर्मित भवनमा इपुस्तकालयसमेत को व्यवस्था छ । इ पुस्तकालय अन्तर्गत पुस्तकालय प्रवर्धन प्रणालीमार्फत प्रयोगकर्ताहरुलाई शैक्षिक सामग्री प्रदान गर्ने लक्ष्य पनि परियोजनाको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.