चितवन, १७ वैशाख । चितवनमा गैंडाको आक्रमणबाट एक जना घाईते भएका छन् ।
आज (शुक्रबार) ०८:३० बजेको समयमा भरतपुर भरतपुर महानगरपालिका ३ नगरवनमा घांस काट्ने क्रममा अचानक जंगली गैंडाले आक्रमण गर्दा बारघरेका ६५ बर्षिय बुद्दवल गुरुङ घाईते भएका हुन् ।
गोर्खा बारपाक गाउपालिका १ स्थायी घर भएका गुरुङलाई घांस काट्ने क्रममा अचानक जंगली गैंडाले आक्रमण गरेको थियो । घाईते भएका गुरुङलाई प्रहरी टोलीले उद्दार गरेको थियो । उनको अहिले पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ भने स्वास्थ्य अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।