सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

झा दम्पतीको हत्याको आरोपमा सातजना जेल चलान


  •    न्युजभित्तो/१७ बैशाख २०७८, शुक्रबार १५:५८ 
  • जलेश्वर, १७ वैशाख ।  गत फागुन १० गते राति घरमा सुतिरहेको अवस्थामा महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ बस्ने ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पतीलाई ओछ्यानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले सात जनालाई आज जेल चलान गरेको छ ।

    जिल्ला अदालतका स्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार हत्या भएका झा दम्पतीका छोरा मनिष झाको जाहेरीले वादी नेपाल सरकार भएको अपहरण, शरीर बन्धक, ज्यानसम्बन्धी कसुर, आपराधिक संयन्त्र, लागुऔषध र चोरी मुद्दामा प्रतिवादीहरु सात जनालाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको हो ।

    जिल्ला न्यायाधीश डा रमेशप्रसाद रिजालको इजलासबाट प्रतिवादीहरु कैलाश झा, हरेन्द्र ठाकुर, रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र भन्ने राजीन्द्र यादव र विकास भन्ने बबलु झालाई थुनामा राखी मुद्दाको कारबाही गर्ने र तारादेवी झालाई रु दुई लाख धरौटीमा तारेखमा राखी मुद्दाको कारबाही गर्ने आदेश भएकामा तारादेवी झाले धरौटी रकम बुझाउन नसक्दा उनीसहित सातै जनालाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको हो । साथै घटनामा संलग्न अन्य दुईजना रञ्जित मिश्र र तेजनारायण झाको हकमा पक्राउ पुर्जी म्याद जारी गर्न आदेश भएको हो ।

    महोत्तरी जिल्ला अदालतमा मुद्दा नं ०७७–सी१–०२७६ मा प्रतिवादीहरु विरुद्ध अपहरण, शरीर बन्धक, ज्यानसम्बन्धी कसुर, आपराधिक संयन्त्र, लागुऔषध र चोरी मुद्दाहरु मिति २०७८ वैशाख ३ गते दर्ता भई बयान कार्य सम्पन्न भएर आज उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो । फागुन १० गते सुतेकै अवस्थामा घरबाट गायब भएका झा दम्पतीको चैत १२ गते एक महिना दुई दिनपछि प्लाष्टिकको बोरामा शरीरका सबै मासु गलिसकेर कङ्काल मात्र बाँकी रहेको अवस्थामा फेला परेको थियो ।

    पिपरा–२ स्थित पिपरा–धिरापुर सडकखण्डमा गत वर्षको बाढीले २० फिट गहिरो हुने गरी माटो बगाई बनाएको खाल्डो पुर्ने क्रममा स्काभेटरले नयाँ पुरिएको माटो मिलाउन खोज्दा स्काभेटरको बकेटमा कङ्काल रहेको बोरा आएपछि झा दम्पतीको अवस्था पत्ता लागेको थियो । घटनामा संलग्न रहेका नौमध्ये जिल्ला प्रहरी कार्यालय महोत्तरीले सात जनालाई पक्राउ गरी मुद्दा चलाएर जिल्ला अदालतमा उपस्थित गराएकामा सातै जना जेल चलान भएका हुन् । घटनामा संलग्न अन्य दुई जनाको पनि प्रहरीले दैनिक खोजतलास गरिरहेको र चाँडै फेला पार्ने प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताउनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.