सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आगलागीबाट पच्चीस लाख क्षति


  •    न्युजभित्तो/१७ बैशाख २०७८, शुक्रबार १५:५५ 
  • बनेपा, १७ वैशाख  । काभ्रेपलाञ्चोकको पाँँचखाल नगरपालिका–४ तामाघाट बजारको एक किराना पसलमा आज बिहान आगलागी हुँदा करीब रु २५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

    बजार क्षेत्रमा रहेको स्थानीय बासिन्दा घलबहादुर दनुवारको ट्रसले बनाएको एकतले घरको सटरमा सोही नगरपालिका–२ घर भई सटर भाडामा लिई सञ्चालन गर्नुभएका दयाराम कोइरालाको किराना पसलमा बिहान करिब साढे १ बजे अचानक विद्युत् चुहावट भई आगलागी हुँदा पसलका सबै सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताउनुभयो ।

    वडा नं ४ का वडाध्यक्ष सुन्दर तामाङका अनुसार पसललगायत पछाडिको गोदाममा रहेको सबै सामान जलेर नष्ट भएको छ । कोरोना सङ्क्रमणको प्रभावका कारण बन्दाबन्दी हुने आशङ्कामा पसलका लागि थप सामान ल्याएर गोदाम गरेर राखेको पसलमा राति अचानक विद्युत् चुहावट भएर आगलागी भएको हुनसक्ने उहाँको भनाइ छ ।

    आगलागी भएपछि प्रहरी चौकी पाँचखाल, सशस्त्र प्रहरी बल १५ नं गण हेडक्वार्टर पाँचखालको दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको वडाध्यक्ष तामाङले बताउनुभयो । आगलागीबाट पसलसँग रहेको स्थानीय प्रितीमान तामाङको फेन्सी पसलमा समेत सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.