सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भूकम्पको छ वर्षः ७२ प्रतिशत नीजि आवास पुनर्निर्माण


  •    न्युजभित्तो/१६ बैशाख २०७८, बिहीबार १४:१० 
  • गलकोट, १६ वैशाख । नेपालमा विनाशकारी भूकम्प गएको छ वर्ष पूरा भएको छ । यो अवधिमा बागलुङमा निजी आवास पुनर्निर्माणमा ७२ प्रतिशत प्रगति भएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र वैशाख २९ गते गएको दोस्रो ठूलो पराकम्पनबाट भत्किएका २८ प्रतिशत घरहरूको अझै पुनर्निर्माण भइसकेको छैन ।

    जिल्लामा भूकम्पबाट क्षति भएका दुई हजार ५५६ लाभग्राहीमध्ये
    हालसम्म एक हजार ७१२ जनाले मात्र आवास पुनर्निर्माणको काम सम्पन्न गरेको छ । भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि जिल्लामा दुई हजार ४५२ जनाले निर्माण सम्झौता गरेका थिए । हालसम्म एक हजार ७१२ लाभग्राहीले आवास पुनर्निर्माणको काम सम्पन्न गरेर अन्तिम किस्ताबापतको रकम लिइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई बागलुङले जनाएको छ ।

    भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि सम्झौता गरेका कूल दुई हजार ४ सय ५२ लाभग्राहीमध्ये सबैले प्रथम किस्ताबापतको रु। ५० हजार रकम लगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई बागलुङका प्रमुख रेणुका पाण्डेले जानकारी दिनुभयो । त्यस्तै दुई हजार १० लाभग्राहीले दोस्रो किस्ता लगेको उहाँले जानकारी दिनुभयो । “समग्र जिल्लाको पुनर्निर्माण हेर्दा पछिल्लो समय गति लिएको छ, एकीकृत वस्ती निर्माण, सडक, पुल तथा विद्यालय धमाधम निर्माण भएका छन्” उहाँल्े भन्नुभयो “निजी आवास पुनर्निर्माणले समेत पछिल्लो समयमा गति लिएको छ । अबको केही समयमै पुनर्निर्माणको काम अन्तिम चरणमा पु¥याइनेछ ।”

    बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँ काउलेका १० दलित परिवारका लागि एकीकृत बस्ती निर्माण गर्ने कार्य सकिएको र उनीहरुको बस्तीमा पूर्वाधार निर्माणको काम अगाडि बढेको पुनर्निर्माण प्राधिकरण बागलुङका इञ्जिनियर विक्रम सापकोटाले जानकारी दिनुभयो । पछिल्लो पटक नेपाल सरकारले निजी आवास पुनर्निर्माणमा लाभग्राहीले निर्माण गरेका घरलाई समेत रकम दिने निर्णय गरेपछि पुनर्निर्माणको प्रगति बढेको हो । भूकम्पले चर्काएको घर प्रबलीकरण गरेर नयाँजस्तै घर निर्माण गर्ने सूचिमा परेका बागलुङका १७१ लाभग्राहीमध्ये दुई जनाले मात्रै घर प्रबलीकरण गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाई बागलुङका अनुसार १७१ लाभग्राहीमध्ये पुनर्निर्माण परिवर्तन गरेका ५० लाभग्राही बाहेक कूल ८१ जनाले सम्झौता गरी प्रथम किस्ता लिएका छन् । तीमध्ये दुई जनाले मात्रै अन्तिम किस्ता लिएका छन् भने ७९ घरले प्रथम किस्ता लगेर प्रवलकीरणमा चासो नदेखाएको प्रमुख पाण्डेको भनाइ छ ।

    अलि महँगो र प्राविधिक रूपमा झञ्झट भएकाले प्रबलीकरणमा चासो नदेखाएको लाभग्राही बताउँछन् । प्रबलीकरण गर्न आवश्यक रहेको घर भत्काएर पुनर्निर्माण गर्न खोजेमा पुनर्निर्माणतर्फ रु। तीन लाख अनुदान दिइने व्यवस्था भएपछि ५० जनाले सोही अनुसार काम गरेको र अन्यले प्रबलीकरणमा चासो नदिएका हुन् । प्रबलीकरणमा परेका लाभग्राहीले पाउने अनुदानले घरलाई बलियो बनाउन नपुग्ने भएका कारण पनि यसतर्फ लाभग्राही आकर्षित हुन नसकेको अनुमान एकाइको छ । घर पुनर्निर्माण गर्नका लागि तीन किस्तामा तीन लाख र प्रबलीकरण गर्न दुई किस्तामा एक लाख अनुदान रकम दिइँदै आएको छ ।

    पुनर्निर्माण प्राधिकरणले निजी आवाससँगै एकीकृत बस्ती निर्माण, सडक मोटरेबल पुल तथा बौद्ध गुम्बा निर्माण गरिरहेको छ । प्राधिकरणले रु १७ करोडको लागतमा बुर्तिवाङ–तमानखोला सडकको १० किलोमिटर सडक ग्राभेल सम्पन्न गरिसकेको छ भने सोही सडकमा दुई वटा पक्की पुल धमाधम निर्माण गरिरहेको छ । लुकुरबन र भालुबाङ खोलामा दुई मोटरेबल पुलको ढलान कार्य भइरहेको प्राधिकरण जिल्ला कार्यान्वयन एकाई कार्यालय बागलुङले जनाएको छ । यस्तै, बागलुङ नगरपालिका–११ स्थित रायडाँडामा बौद्ध गुम्बा निर्माण गर्न समेत पुनर्निर्माण प्राधिकरणले काम अगाडि बढाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.