सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सोलार मिनीग्रीडको शिलान्यास गर्न हिल्सा पुगे फिनल्याण्ड र इयूका राजदूत


  •    न्युजभित्तो/१५ बैशाख २०७८, बुधबार १४:३१ 
  • सिमकोट, १५ वैशाख  । फिनल्याण्ड र युरोपेली सङ्घका राजदूतले हिल्सामा सोलार मिनीग्रीडको शिलान्यास गर्नुभएको छ ।

    हिल्सामा मिनीग्रीडको निर्माण कम्पनी छनोट भएपछि कोरोना कहरका बेला हुम्ला आएर राजदूतको टोलीले मङ्गलबार शिलान्यास गरेको हो । लगानी साझेदार देश फिनल्याण्डका राजदूत प्रट्टी एन्टिनेन र इयुका राजदूत नोना डेप्रेले सदरमुकाम सिमकोट हुँदै हिल्सामा पुगेर १०० किलोवाट उत्पादन क्षमताको सोलार मिनीग्रीडको शिलान्यास गरेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जिल्ला सल्लाहकार वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

    सो आयोजनाबाट हिल्साको बस्ती विद्युतीकरण हुनाका साथै भुइँचुक प्रशोधन यन्त्र पनि स्थापना हुने छ । यस्तै राजदूतको टोलीले सोमबार हेलिकोप्टरमा नाम्खा गाउँपालिका–५ को यारीमा ५० किलोवाटको सोलार मिनीग्रीडको पनि शिलान्यास गरेको छ । उक्त आयोजनाबाट यारीका दुई गाउँ विद्युतीकरणका साथै तेल पेल्ने यन्त्र पनि स्थापना गरी सञ्चालन ल्याइने जनाइएको छ ।

    उक्त दुवै सोलार मिनीग्रीड आयोजनाका लागि रु सात करोड लागत लाग्ने छ । यसबाट उत्तरी सीमा क्षेत्रका दुवै वस्तीमा पहिलो पटक विद्युतीकरण हुनेछ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.