सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रौतहटवासीमा डुबान समस्याको त्रास यथावत्


  •    न्युजभित्तो/१५ बैशाख २०७८, बुधबार १३:५८ 
  • वीरगञ्ज, १५ वैशाख । रौतहटको वाग्मती र लालबकैया नदीमा रहेको बाँध मर्मत नहुँदा रौतहटवासीमा डुबान समस्याको त्रास यथावत् रहेको छ ।

    उक्त दुवै नदी नियन्त्रण गर्न भारत सरकारले बनाएको बाँधहरु ठाउँठाउँमा भत्किएकाले समयमा सो नदीको बाँधको मर्मत हुन नसक्दा वर्षायाममा नदीको पानी बस्तीमा पसेर क्षति पुयाउने डरले रौतहटवासीमा त्रास कायमै छ । वाग्मती—लालबकैया नदी नियन्त्रण कार्यालय परवानीपुरका अनुसार सो बाँधको समयमा मर्मत नहुँदा डुबान र क्षति हुने भन्दै करीब डेढ महिना अगाडि सो कार्यालयले अर्थमन्त्रालयसँग बजेट माग गरेको बताउँदै सो कार्यालयका प्रमुख अकलाख अहमद सिद्धिकीले राससलाई भन्नुभयो, “वाग्मती नदीको बायाँतर्फ चार र दायाँतर्फ १० गरी १४ स्थानमा बाँध भत्किएको छ ।

    यसैगरी, पश्चिमी लालबकैया नदीको बायाँतर्फ सात र दायाँतर्फ आठ गरी १५ स्थानमा भत्किएकाले तत्काल मर्मत गर्नुपर्ने देखिन्छ । समयमा सो बाँध मर्मत नहुँदा वर्षामा रौतहट डुबानमा पर्ने त्रास रहेको त्यहाँका बासिन्दाको भनाइ छ । सो बाँध समयमा मर्मत गर्न सकिएन भने बाढीको बेला ठूलो समस्या निम्त्याउने त्यहाँका बासिन्दाको भनाइ छ । भारत सरकारले सन् १९८९ मा झण्डै साढे ३३ किलोमिटर बाँध बनाएको थियो । उक्त बाँधले बस्ती जोगाए पनि पछिल्लो समय सो बाँधको मर्मतसम्भार हुन सकेको छैन ।

    पुरानो बाँध भएकाले कमजोर हँुदै ठाउँठाउँमा भत्किन थालेको छ । वाग्मतीदेखि पश्चिमको धरमपुरबाट सीमा क्षेत्रको १७ किलोमिटर बाँध समस्याग्रस्त रहेको छ । सो बाँध मर्मतसम्भार गर्न करीब रु ४१ करोड ३४ लाख खर्च लाग्ने अनुमान गरिएको छ । समयमा उक्त बाँधहरु मर्मतसम्भार नभएको खण्डमा वर्षायाममा रौतहटको लक्ष्मीपुर, बलुवा, धरमपुर, गम्हरिया, सग्रामपुर, गढी सिगारमन, गङ्गापिपरा, माघोपुर लगायतका दर्जनौँ गाउँ बाढीको जोखिममा पर्न सक्नेछन् । २०५० सालमा सो नदीमा बाढी आएपछि रौतहट डुबानमा परी धनजनको क्षति भएको थियो । सरकारले वर्षाअगावै भत्केका बाँधहरु मर्मतसम्भार गर्नुपर्ने माग सो क्षेत्रका बासिन्दाको रहेको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.