सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

योजनामा बचेको रकमले सडक सुधार्दै जैमिनी


  •    न्युजभित्तो/१५ बैशाख २०७८, बुधबार १३:०३ 
  • बलेवा, १५ वैशाख । सङ्घ र प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन भएको योजना ठेक्का लगाउँदा निर्माण कम्पनीले छोडेको रकमले जैमिनी नगरपालिकाको मुकाम सुधार विस्तारको काम थालिएको छ ।

    सङ्घीय र प्रदेश सरकारको समपूरक बजेट परिचालनबाट सञ्चालन भएको योजनामा बचेको रकम पालिका मुकाम कुश्मीशेरा बजारको सुधार विस्तारमा लगाइएको हो । समपूरक बजेटमा साझेदारी गरेर नगरपालिकाले कालीगण्डकी करिडोर जैमिनीधामदेखि पालिका मुकाम कुश्मीशेरा बजारसम्मको सडक स्तरोन्नतिको काम गरिरहेको छ ।

    बहुवर्षे यो योजनाका लागि चालु आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन भएको थियो । सङ्घीय सरकारको ८७ लाख, गण्डकी प्रदेश सरकारको ५० लाख र नगरपालिकाको रु ६७ लाख गरी दुई करोडमा यो सडक स्तरोन्नति भइरहेको छ । टेन्डर प्रक्रियामा सहभागी भएको निर्माण कम्पनीले कूल बजेटबाट छोडेको रु ७४ लाख पुनः प्रयोगमा ल्याइएको नगरपालिकाका इन्जिनीयर विवेक सापकोटाले बताउनुभयो । हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने कुश्मीशेरा बजार कालोपत्र सडकले टल्किनेछ । बजारभित्रको १४५ मिटर सडक ढलान गर्ने र ३०० मिटर सडक कालोपत्र गर्ने काम भइरहेको सापकोटाले बताउनुभयो ।

    सडक विभागको मापदण्डअनुसार पाँच दशमलव पाँच मिटर चौडा सडक कालोपत्र हुनेछ । बजार क्षेत्रको सबै सडकमा नाली निर्माण हुने भएकाले अब भने वर्षामा हिलाम्मे हुने समस्या समाधान हुने स्थानीयवासी विष्णु आचार्यले बताउनुभयो । निकै साँघुरो रहेको कुश्मीशेरा बजारमा सडक बनाउनका लागि स्थानीयवासीले पुराना संरचना भत्काएका छन् ।

    “एउटा घर भत्काउनका लागि अन्तिम सूचना टाँस भएको छ, बाँकी सबैले सडक फराकिलो बनाउन सहयोग गर्नुभयो”, सापकोटाले भन्नुभयो, “आगामी असारसम्म काम सकिँदा त्यो घर पनि पन्छाएर सडक बनाउँछौँ ।” जैमिनीमा दुई वर्ष पहिलेसम्म कालोपत्र सडक थिएन । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत बागलुङ कुश्मीशेरा सडकको १.६ किलोमिटर खण्ड पक्की भएपछि जैमिनीले कालोपत्र सडक पाएको थियो । शेराबजारमा भइरहेको कालोपत्रको काम सकिँदा जैमिनी नगरभरि झण्डै तीन किलोमिटर सडक कालोपत्र हुनेछ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.