चितवन,१५ वैशाख । निर्माण सम्पन्न पछि नारायणगढ–मुग्लिन सडकखण्डमा निर्माण भएको जलबीर पुल संचालनमा आएको छ ।पुल गत शुक्रवारदेखि संचालनमा आएको आयोजनाले जनाएको छ । पुल निर्माणको काम सम्पन्न भएसँगै सवारी गुड्न थालेका हुन् । सडक आयोजनाकी इन्जिनियर सविना रानाभाटका अनुसार कोरोना महामारीको भइरहदा औपचाकरि कुनै पनि कार्यक्रम नगरी संचालनमा ल्याइएको हो ।
निर्माण सम्पन्न पछि केही सवारी साधनहरु पुलमा राखेर भारत क्षमतावारे अध्ययन पछि सवारी गुड्न अनुमति दिएको रानाभाटको भनाईछ । १३ करोड ९४ लाख रुपैयाको लागतमा पुल निर्माण भएको हो । घुमाउरो सँगै साँघुरो सडक भएकाले दुर्घटनाको जोखिम धेरै रहेको उक्त ठाउँमा पक्की पुल निर्माणसँगै २६५ मिटर दुरी छोटिएको छ ।
साँघुरो सडक र घुम्ती भएकाले धेरै दुर्घटना भएपछि स्थानीयले उक्त घुम्तीमा मन्दिर नै बनाएका थिए । अहिले सोही मन्दिरको नजिकैबाट सिधै पक्की पुल निर्माण गरिएको हो । ८० मिटर लामो पुल निर्माणका लागि रौताहा कन्सट्रक्सन उदयपुरसँग २०७४ असोज २३ गते सम्झौता गरिएको थियो । जलबीरे पुल सँगै यो सडकखण्डमा अन्य १५ वटा पक्की पुलहरु निर्माण भइरहेका छन् ।
बाँकी निर्माण भइरहेको पुल अनुप कन्सक्ट्रक्सनले बनाइरहेको रानाभाटले जानकारी दिनुभयो ।