सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना त्रास : कांग्रेस बैठक स्थगित


  •    न्युजभित्तो/१५ बैशाख २०७८, बुधबार १२:२६ 
  • काठमाडौं,१५ वैशाख । नेपाली कांग्रेस केन्द्रीय समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालासँग परामर्श गरी बैठक स्थगन गरेका हुन् ।

    कोरोना परीक्षण गरेकामध्ये कांग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठको रिपोर्ट पोजिटिभ आएको बताइएको छ । अधिकांश केन्द्रीय सदस्य र कर्मचारीहरूले बैठक सार्न आग्रह गरेकोले सभापति देउवाले बैठक स्थगित गरेका हुन् । शीर्ष नेताहरुबीच उपयुक्त समयमा बैठक बोलाउने सहमति भएको छ ।

    यसअघि आजको बैठकबाट क्रियाशील सदस्यता वितरणको म्याद थप गर्ने लगायतका विषयमा निर्णय गर्न बैठक बस्ने बताइएको थियो । कांग्रेस केन्द्रीय पदाधिकारी एवं सदस्यहरू तथा कर्मचारीहरूले सोमबार कोरोना परीक्षणका लागि स्वाव दिएका थिए । अधिकांशमा कोरोना नदेखिएपनि बैठक गर्दा सकारात्मक सन्देश नजाने भएकोले बैठक स्थगित गरिएको कांग्रेसले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.