सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेती नदीमा मोटरेबल पुल निर्माण


  •    न्युजभित्तो/१५ बैशाख २०७८, बुधबार १२:२२ 
  • बझाङ, १५ वैशाख । सदरमुकाम चैनपुर पानकोटस्थित मोटरेबल पुल निर्माणको काम सकिएको छ ।

    २०७५ मा इस्टिमेट परिवर्तन गरी पुनः टेन्डर भई निर्माण कार्य यसअघि विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भए पनि चैत २०७५ मा इलाइट कन्स्ट्रक्शन प्रालिसँग करीब नौ करोडमा क्रसब्रिज बनाउने ठेक्का सम्झौता भएको थियो ।

    नेपाल सरकार स्थानीय पूर्वाधार विभागको आर्थिक सहयोगमा शुरुको चरणमा २०७२ साल वैशाख ८ गते नीलगिरि र जागृति निर्माण सेवाले संयुक्त रूपमा पुल निमार्णको जिम्मा पाएका थिए । बीचको पिलरका लागि खाल्डो खन्दा ढुङ्गा भेटिएको भन्दै निर्माण कम्पनीले काम गर्न नसक्ने जनाएको थियो ।

    कोरोनाका कारण निर्माण कार्यमा ढिलाइ भएको पुल २०७७ साल मङ्सिर महिनाबाट फेरि काम अगाडि बढाइएको र अहिले पुलको सबै काम सकेर स्थानीय सरकारलाई हस्तान्तरण गर्न भने बाँकी रहेको स्थानीय सडक, पुल कार्यक्रमका प्राविधिक अधिकृत हरिशङ्कर जोशीले बताउनुभयो ।

    पुल बनेपछि सेती नदी पारि रहेका स्थानीयवासीलाई आवतजावतमा सहज हुनाका साथै गाउँघरमा उत्पादन भएका स्थानीय स्रोत साधनलाई बजारसम्म पु¥याउन र अन्य निर्माणका सामग्री ढुवानी गर्नसमेत सजिलो हुने जयपृथ्वी नगरपालिका–१ का वडाध्यक्ष गगनबहादुर सिंहले बताउनुभयो ।

    पुलको लम्बाइ ७० मिटर छ । साथै २०७७ साल पुस १५ गतेभित्र पाउनुपर्ने रकमको भुक्तानी नपाउँदा र अर्कोतर्फ घटिघटाउमा काम गर्दा निर्माण कार्यमा ढिलाइ भएको निर्माण कम्पनी इलाइट कन्सट्रक्शनका प्रतिनिधि कपिल राईले बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख खडकबहादुर खड्काले अब थलारा, तलकोट, छान्ना लगायतका स्थानीय तहहरुसमेत जोडिने बताउनुभयो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.