सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाजुरा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषित


  •    न्युजभित्तो/१५ बैशाख २०७८, बुधबार १२:१६ 
  • मार्तडी, १५ वैशाख ।  बाजुरालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिपोपना’ जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ जिल्लालाई आठौँ जिल्लाका रुपमा ‘पूर्ण खोप सुनिश्चतता र दिगोपना’ घोषणा गरिएको हो ।

    जिल्ला खोप समन्वय समिति बाजुराद्वारा मङ्गलबार यहाँ सुदूरपश्चिम प्रदेशका प्रदेश सभासदस्य तथा अर्थ विकास प्राकृतिक स्रोत समितिका सभापति गोविन्द कुवँरले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभयो । जिल्लाका नौवटै पालिकाका जन्मेदेखि १५ महिना मुनिका र १६ देखि २३ महिना मुनिका बालबालिकाले खोप पाइसकेकाले सो घोषणा गरिएको स्वास्थ्य कार्यालय बाजुराका खोप अधिकृत महेश चन्दले बताउनु भएको छ ।

    प्रत्येक पालिकामा रहेका बालबालिकाको खोजी गरी खोपको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई समेत खोपको पहुँचमा पुयाई उनीहरुले सबै खालका खोप पाएपछि सो घोषणा गरिएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनु भएको छ । जिल्लामा हाल दुई हजार ११६ बालबालिकामध्ये आंशिक रुपमा खोप पाएका ४२ बालबालिका र एकजना खोप नै नपाएका बालबालिकालाई खोपको पहुँचमा ल्याएर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएको वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तले बताउनुभयो ।

    सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य कँुवरले महामारीका बेलामा सरकारले जनताको स्वास्थ्यमा खेलबाड गर्न नहुने बताउनुभयो । जिल्ला समन्वय समिति बाजुराका प्रमुख तथा खोप समन्वय संयोजक नरेन्द्रकुमार रोकायाले बालबालिकाले खोप पाउन स्थानीयस्तरका स्वयम्सेविकाको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ ।

    अहिले महामारीका बेला स्वास्थ्यका लागि चाहिने आवश्यक स्वास्थ्य सामग्री र अस्पताल निर्माणका लागि बजेट दिनुपर्ने त्रिवेणी नगरपालिकाका नगरप्रमुख रामसिं रावलले बताउनुभयो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले प्रदेशका आठ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा भएको र कैलालीमात्र बाँकी रहेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.