सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा कोभिड–१९ को सङ्क्रमण भयवह बन्दै, निषेधाज्ञा हुने सम्भावना


  •    न्युजभित्तो/१५ बैशाख २०७८, बुधबार १०:२२ 
  • चितवन, १५ वैशाख । चितवनमा कोभिड–१९ को सङ्क्रमण भयवह बन्दै गएपछि जिल्लामा निषेधाज्ञा जारी गर्ने विषयमा अहिले छलफल चलिरहेको छ । दोस्रो लहरमा फैलिएको कोभिड–१९ को सङ्क्रमण एकैदिन चितवनका १२१ जनामा देखिएपछि निषेधाज्ञा जारी गर्ने विषयमा जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी)को बैठक बसेको हो ।

    जिल्लामा कोभिड–१९ को सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० नाघेपछि अबको रणनीति तयार गर्न बुधबार बिहानैदेखि छलफल अगाडि बढाइएको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

    ‘अहिले हामी छलफलमा छौँ, कोभिड–१९ नियन्त्रणको प्रयास गर्न हामी पूर्व तयारीमा छौँ’ लामिछानेले भने, ‘स्थिति चाहीँ हामीले अनुमान गरेको भन्दा अल्ली भयावह हुने जस्तो जोखिम देखियो ।’ प्रमुख जिल्ला अधिकारी लामिछानेले कुराकानी गर्दै स्थिति कोभिड–१९ को सङ्क्रमण भयावह बन्दै गएपछि अब कसरी जाने भन्नेबारे छलफल भइरहेको जानकारी दिए ।

    अबको रणनीतिबारे आज (बुधबार) दिउँसोसम्म एउटा निर्णय आउने लामिछानेले बताए । जिल्लामा निषेधाज्ञा जारी हुने सम्भावना कस्तो छ ? भन्ने जिज्ञासामा लामिछानेले भने, ‘निर्णय नभइ अहिले मैले केही नभनी हालौँ । तर, छलफल त्यतैतिर उन्मुख छ । निषेधाज्ञा हुने सम्भावना प्रवल छ । दिउँसोसम्म निर्णय पनि आइपुग्छ ।’ कोभिड–१९ नियन्त्रणको लागि आफूहरुको एकल प्रयास मात्रै सार्थक नहुने भन्दै लामिछानेले आम नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए ।

    मङ्गलबार ४५८ जनामा देखिएको कोभिड–१९ को सङ्क्रमण बुधबार बिहान १२१ जना थपिदै ५७९ जनामा देखिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.