सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाविरुद्धको खोप सबैको पहुँचमा हुनुपर्नेमा नेपालको जोड


  •    न्युजभित्तो/१५ बैशाख २०७८, बुधबार १०:१२ 
  • काठमाडौँ, १५ वैशाख । नेपालले कोरोनाविरुद्धको खोप राष्ट्रवाद र जातीयताको वस्तु नबनाउन तथा त्यसलाई सबैले खरिद गर्न सक्ने सबैको सहज पहुँचको सार्वजनिक सामग्री हुनुपर्नेमा जोड दिइएको छ ।

    ‘सङ्कटको घडीमा क्षेत्रीय सहयोगको माध्यमबाट एशिया–प्रशान्त क्षेत्रमा अझ उन्नत पुनःनिर्माण’ विषयमा थाइल्याण्डको राजधानी बैङ्ककमा जारी एशिया–प्रशान्तका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (युएन इस्क्याप)को ७७औँ बैठकमा अप्रत्यक्षरूपमा भाग लिँदै नेपालले समग्र मानव जाति सङ्कटमा रहेको वर्तमान अवस्थामा विश्वलाई एउटै समाज ठानेर सबै राष्ट्रहरूबीच सहयोग र साझेदारी अपरिहार्य भएकामा जोड दिइएको हो ।

    बैठकमा छ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले कोभिड–१९ को महामारीले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव त्यसबाट व्यापार, पर्यटन र यातायात क्षेत्र सर्वाधिक प्रभावित भएको बताउँदै त्यसलाई फैलिन नदिन नेपाल सरकारले अवलम्बन गरेका उपायहरूबारे जानकारी दिनुभएको बैङ्ककस्थित नेपालको राजदूतावासले आज जनाएको छ ।

    उपाध्यक्ष कँडेलले महामारीका कारण अति कम विकसित राष्ट्रहरूको विकासशील देशमा स्तरोन्नत हुने आकाङ्क्षामा तुषारापात गर्ने आशङ्का व्यक्त गर्दै नेपालले आफ्ना नागरिकको जीवनको रक्षा, स्वास्थ्य सेवा प्रणालीको सुदृढीकरणका साथै अर्थतन्त्रको दिगोपना र उत्थानशील पुनःप्राप्तिलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनुभयो ।

    प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी, थाइल्याण्डका लागि नेपाली राजदूत तथा युएन इस्क्यापका लागि स्थायी नेपाली प्रतिनिधि गणेश ढकाल, परराष्ट्र मन्त्रालय र योजना आयोगका वरिष्ठ अधिकारी सहभागी हुनुभएको उक्त दूतावासले जनाएको छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.