सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी, माधव नेपाल पक्ष सहभागी नहुने


  •    न्युजभित्तो/१५ बैशाख २०७८, बुधबार १०:०४ 
  • काठमाडौं, १५ वैशाख । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रिपरिषद बिस्तार र पुनर्गठन गर्ने भएका छन् । पार्टीको शीर्ष नेतृत्वसँग कुरा गरेपछि आजै साँझसम्म नयाँ मन्त्रीहरुको सपथग्रहण हुने सम्भावना रहेको नेताहरुले बताएका छन् ।

    तत्कालीन नेकपाको प्रचण्ड–माधव पक्षका तीन मन्त्रीले राजीनामा दिएपछि वागमती प्रदेशमा हाल मुख्यमन्त्रीसहित एमालेका तीनजना मन्त्री छन् । पुराना मन्त्रीहरुलाई हटाएर नयाँ ल्याउन खोजिए पनि बजेट आउन लागेको भन्दै खाली रहेका ठाउँमा नयाँ ल्याउन सुझाव दिइएको एक नेताले बताए ।

    अर्थ तथा योजनामन्त्री कैलाश ढुंगेल बजेटको तयारीमा छन् । प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेल लगायतका नेताहरुले माधव नेपाल पक्षका नेताहरुलाई सरकारमा सहभागी हुन आग्रह गरे पनि उनीहरुले केन्द्रमै पार्टी नमिलेसम्म प्रदेशमा मिल्न नसकिने बताएपछि एकतर्फी मन्त्रिपरिषद विस्तार गर्न लागिएको स्रोतले जनाएको छ ।

    मन्त्री र राज्यमन्त्रीमा नुवाकोटका केशव पाण्डे, सिन्धुपाल्चोकका सरेश नेपाल, काभ्रेका चन्द्र लामा, दोलखाकी सरस्वती बस्नेत, धादिङका रामकुमार अधिकारी, चितवनका कृष्ण भुर्तेल, विजय सुवेदी, ललितपुरका ज्ञानेन्द्र शाक्य, काठमाडौंका अजय क्रान्ति शाक्य लगायतको नाममा छलफल भइरहेको बताइइएको छ ।

    चार मन्त्री र अरु राज्यमन्त्री थप गरिने स्रोतले जनाएको छ । नाम टुंगो लाग्ने क्रममा रहे पनि मन्त्री र राज्यमन्त्री हुन लागेका सांसदहरुलाई हेटौंडा बोलाइएको छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.