सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स


  •    न्युजभित्तो/१५ बैशाख २०७८, बुधबार ०९:५१ 
  • काठमाडौँ, १५ वैशाख । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ ।

    पछिल्लो समय काररोना भाइरसका बिरामीको सङ्ख्या बढ्दै गएकाले यसको न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न कामपाको मङ्गलबार बसेको विशेष कार्यपालिका बैठकमा यस किसिमको निर्णय भएको हो ।

    “हामीले सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा १०२ ले कोभिड पोजेटिभ भएका बिरामीलाई निःशुल्क अस्पताल पुयाउनेछन् । यसबाहेक अन्य समस्या भएका बिरामीलाई अस्पताल लैजान महानगरका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । नागरिकका समस्या सुनुवाइ गरेर समाधान गर्न टोल फ्रि नं ११८० लाई २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ ।

    यसैगरी समुदायस्तरमा सचेतनाका बढाउन शिक्षकहरू परिचालन गर्ने, जोखिमयुक्त स्थानमा निसङ्क्रमण गर्ने, अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र स्थापनाका लागि सहयोग गर्ने निर्णय भएको छ । कोभिड नियन्त्रण तथा व्यवस्थापनका गर्ने क्रममा विपन्न सङ्क्रमित परिवारका लागि औषधि किन्न तथा अन्य व्यवस्थापकीय काममा खर्च गर्न महानगरले ठूला वडालाई रु एक लाख, मझौला वडालाई रु ७५ हजार र साना वडालाई रु ५० लाख निकासा पठाउने निर्णय भएको छ ।

    वडास्तरीय विपद् व्यवस्थापन समितिलाई पनि अहिलेको अवस्थापमा परिचालन गरी प्रभावकारीरूपमा काम अघि बढाउन, भाइरस नियन्त्रणका लागि जनचेतनालगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने बैठकमा सहभागीहरूको धारण थियो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.