सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालसहित ६ मुलुकबाट कतार जाने यात्रुको साथमा अब ४८ घण्टाभित्रको पीसीआर परीक्षणको रिपाेर्ट मान्य हुने


  •    न्युजभित्तो/१४ बैशाख २०७८, मंगलवार १६:१० 
  • काठमाडौं, १४ वैशाख । नेपालसहित ६ मुलुकबाट कतार जाने यात्रुको साथमा अब ४८ घण्टाभित्रको पीसीआर परीक्षणको रिपाेर्ट मान्य हुने भएको छ । कतारको दोहास्थित नेपाली दूतावासका अनुसार कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र फिलिपिन्सबाट आउने यात्रुका लागि कडा नियम बनाइएको छ।

    यी सबै देशबाट आउने यात्रु अनिवार्य १० दिन होटल क्वारेन्टिन वा १४ दिन मेकाइनिस क्वारेन्टिनमा बस्नुपर्नेछ । यो प्रावधान कतारमा खोप लगाइसकेका व्यक्तिलाई समेत लागू हुने भएको छ ।

    कतारलाई ट्रान्जिट बनाएर अन्य मुलुकमा यात्रा गर्ने यात्रुको साथमा समेत कोभिड नेगेटिभ आएको रिपाेर्ट हुनुपर्छ । आफ्नो गन्तव्य मुलुकका लागि अर्को पीसीआर रिपाेर्ट चाहिएमा कतारी रियल ३०० तिरेर हमाद अन्तर्राष्ट्रिय विमानस्थलमै पीसीआर परीक्षण गर्न सकिने भएको छ । यो नियम बिहीबारबाट कार्यान्वयनमा आउने भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.