सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निषेधाज्ञाको निर्णय भइसकेको छैन, छलफलमै छौं : गृह मन्त्रालयका प्रवक्ता (दाहाल )


  •    न्युजभित्तो/१३ बैशाख २०७८, सोमबार १३:३६ 
  • काठमाडौं, १३ वैशाख । कोभिडको नयाँ लहर नियन्त्रणबाहिर जान लागेपछि सरकारले राजधानी उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा लगाउने तयारी गरेको छ । यसका लागि गृहमन्त्रालयमा काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल भइरहेको छ ।

    गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले निषेधाज्ञा लगाउने निर्णय भइ नसकेको  बताए । ‘कुन दिनदेखि निषेधाज्ञाा लगाउने भन्ने निर्णय भइसकेको छैन,हामी छलफलमै छौं’ दाहालले भने ।

    सीसीएमसीले आइतवारमात्रै ५०० भन्दा बढी सक्रिय संक्रमित भएका शहरी क्षेत्र र २०० भन्दा बढी सक्रिय संक्रमित भएका पहाडी जिल्लामा निषेधाज्ञा लगाउन सम्बन्धित जिल्ला प्रशासनलाई अधिकार दिने निर्णय गरेको थियो ।

    आज विहानैदेखि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा छन् । शिक्षण संस्थाहरु बन्द भइसकेका हुनाले राजधानी बाहिर जान चाहनेलाई मौका दिनेगरि बुधवार वा विहीवारबाट कम्तिमा तीन साता निषेधाज्ञा लगाउने प्रस्तावमाथि छलफल भइरहेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.