सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ईन्जिनियरिङकाे प्रश्नपत्र बाहिर ल्याएको आरोपमा १० जना पक्राउ


  •    न्युजभित्तो/१३ बैशाख २०७८, सोमबार १३:१२ 
  • मोरङ, १३ वैशाख । पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङमा हुन लागेको ईन्जिनियरिङ संकायतर्फको बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको मूल प्रश्नपत्र परीक्षा पूर्व नै बाहिर ल्याएको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा मोरङ ४४ वर्षीय कोमल प्रसाद गौतम, संखुवासभा ३५ वर्षीय गोपाल कार्की, रूपन्देही ३० वर्षीय विजय पोखरेल, गोरखाका मिन प्रसाद भट्ट, भरत पठन, विकास खड्का, सिन्धुपाल्चोकका २८ वर्षीय निर्मल खड्का, महोत्तरी २९ वर्षीय नानिपथ मण्डल, सप्तरी वोदेवरसाईन२९ वर्षीय जीवन कुमार यादव र सप्तरी २६ वर्षीय महेश यादव रहेका छन् ।

    उनीहरुले परीक्षा पूर्व नै प्रश्नपत्र वाहिरिएका थिए ।

    जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले अनुसन्धान गर्नेक्रममा उक्त विश्वविद्यालयका फोटोकपी गर्ने कर्मचारीले सामाजिक संजाल प्रयोग गरी प्रश्नपत्र बाहिर ल्याएको भन्ने खुल्न आएपछि उक्त कार्यमा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरू उपर शिक्षा ऐन, २०२८ बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.