सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोभिड–१९ संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन : अर्थमन्त्री पौडेल


  •    न्युजभित्तो/१३ बैशाख २०७८, सोमबार १२:५६ 
  • काठमाडौं , १३ वैशाख । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको बताएका छन् ।
    सोमबार एक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले नेपालमा कोभिड–१९ को संक्रमण डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको भन्दै नागरिकको जीवन र जीविकाको रक्षा गर्ने विषय सरकारको सर्वाधिक प्राथमिकतामा रहेको बताएका हुन् ।

    जनजीविकाको रक्षा गर्दै आर्थिक सामाजिक जीवनलाई पुरानै लयमा फर्काउनुपर्ने अवस्था आएको पनि बताए ।

    उनले भने,‘कोभिडको दोस्रो लहर दुनियाकै सामुन्नेमा चुनौतिको रुपमा देखा परेको छ । हामीकहाँ पनि यसको लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलनहरु गरिएको छ । हामीले अब कोभिडबाट नागरिकको जीवन रक्षा गर्ने विषय र जीविकाको रक्षा गर्ने विषय यतिबेला राष्ट्रको सामुन्नेमा सर्वाधिक प्राथमिकताको÷सरोकारको विषय बन्न पुगेको छ । जीवनको रक्षा र जीविकाको रक्षा गर्दै हामीले आर्थिक, सामाजिक जीवनलाई परानै लयमा फर्काउने र गतिशिल बनाउँदै उन्नति, समृद्धिको यात्रा तय गर्ने विशिष्ट अवस्थामा छौं ।’

    अर्थमन्त्री पौडेलले कसैले पनि लापरबाही नगर्न समेत आग्रह गरे । सरकारले सबै प्रकारका सम्भाव्य उपायहरु अवलम्बन गरेर कोभिड विरुद्धको लडाईलाई जित्न चाहेको उल्लेख गर्दै उनले यसका निम्ति आम नागरिक र सबै संघसंस्थाहरुको सहयोग आवश्यक पर्ने बताए । संक्रमण विश्वव्यापी रुपमा फैलिएको कारण खोपको आपूर्तिमा पनि चुनौती थपिएको बताए ।

    अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरुको समस्या समाधानको सम्बन्धमा आएका सुझावहरु मध्ये आगामी आर्थिक वर्षको बजेट निर्र्माण गर्दा जायज र सम्भव भएका सुझावहरुलाई ग्रहण गरिने पनि जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.