सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१२ श्ययाको आइसोलेशन स्थापना


  •    न्युजभित्तो/१३ बैशाख २०७८, सोमबार १२:११ 
  • डोटी, १३ वैशाख । जिल्ला अस्पतालमा १२ श्ययाको आइसोलेशन कक्ष स्थापना गरिएको छ । कोरोना सङ्क्रमण देखिएका व्यक्तिलाई उपचार गर्नका लागि अस्पतालले उक्त आइसोलेशन कक्ष स्थापना गरेको हो ।

    पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेपछि जिल्लामा पनि सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने भन्दै आइसोलेशन कक्ष स्थापना गरिएको जिल्ला अस्पतालका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अस्पतालले स्थापना गरेको उक्त आइसोलेशन कक्षमा अक्सिजनको व्यवस्था गरिएको छ । जिल्ला अस्पतालमा निर्माण गरिएको उक्त १२ श्ययाको आइसोलेशन कक्षमा म्याट्रेस, तन्ना, तकिया र सुपानेट झुल तथा २४ सै घण्टा स्वास्थ्यकर्मीको व्यवस्था गरिएको कोभिड सम्पर्क व्यक्ति तेजबहादुर शाहीले बताउनुभयो । आइसोलेशनमा स्वास्थ्य समस्या देखिएका कोरोना सङ्क्रमितलाई राखेर उनीहरुको स्वास्थ्य उपचार, जाँच तथा खानाको व्यवस्था मिलाइएको छ ।

    जिल्लामा रहेका नौवटै स्थानीय तहका स्वास्थ्य संस्थामा आइसोलेशन कक्ष स्थापना गर्न जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ । प्रशासनले भारतबाट आएका नागरिकलाई अनिवार्य क्वारेन्टिनमा राख्नुपर्ने निर्णय गरेको भए पनि यहाँका स्थानीय तहले अहिलेसम्म क्वारेन्टिन स्थापना गर्न सकेका छैनन् । क्वारेन्टिन व्यवस्थापनका लागि आवश्यक बजेट नभएका कारण निर्माण गर्न नसकिएको जनप्रतिनिधिले बताउँदै आएका छन् ।

    प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार एक महिनाको अवधीमा भारतबाट रोजगारी गरी घर फर्किएका सुदूरपश्चिमका कम्तीमा पनि आठ व्यक्तिको कोरोनाका कारण ज्यान गइसकेको छ । यहाँका अधिकांश सरकारी अस्पताल कोरोना सङ्क्रमितले भरीभराउ भएका छन् । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.