सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सहायक सीडीओलाई कोरोना देखिएपछि पाल्पा प्रशासनको काम प्रभावित


  •    न्युजभित्तो/१३ बैशाख २०७८, सोमबार ११:२८ 
  • रूपन्देही, १३ वैशाख । सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय पाल्पाको दैनिक काम प्रभावित भएको छ।

    आइतबार संक्रमण पुष्टिपछि सहायक सीडीओ घिमिरे होम आइसोलेसनमा छन् । उनीसँग सम्पर्कमा आएका अन्य पाँच कर्मचारी पनि होम आइसोलेसनमा बसेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए । कर्मचारी आइसोलेसनमा बस्नु परेकाले कार्यालयको काम प्रभावित भएको हो । अन्य कर्मचारीको मंगलबार कोरोना परीक्षणको तयारी भइरहेको छ ।

    यस्तै‚ राष्ट्रिय अनुसन्धान कार्यालय पाल्पाका प्रमुख र एक हवल्दारलाई पनि कोरोना संक्रमण भएको छ।

    जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पाल्पामा संक्रमितको संख्या २ हजार १६० जना पुगेको छ । तीमध्ये १५२ जना सक्रिय संक्रमित छन् । ३९ जनाको मृत्यु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.