सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तीनै जिल्लाका सीडीओ छलफलमा , संघीय राजधानीमा निषेधाज्ञाको तयारी


  •    न्युजभित्तो/१३ बैशाख २०७८, सोमबार ११:२० 
  • काठमाडौं, १३ वैशाख । उपत्यकामा कोरोनाभाइरस संक्रमण जटिलतातर्फ उन्मुख भएपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा जुटेका छन् ।

    भाइरस रोकथामका लागि निषेधाज्ञा वा जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्नेबारे बैठकमा छलफल हुने काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार निषेधाज्ञा (लकडाउन)बारे पनि छलफल हुनेछ ।

    गृहसचिवसँग समन्वय गरेर आज बेलुकासम्म एउटा टुंगोमा पुग्ने जानकारी दिँदै काठमाडौं प्रजिअ पराजुलीले उपत्यकामा भाइरस संक्रमण ब्यापक बढेको निष्कर्षमा आफूहरु पुगेको जानकारी दिए ।

    ‘आज नै गृहसचिवसँग छलफल गरेर बेलुकासम्म केही निर्णय हुन्छ’ पराजुलीले भने ।

    सार्वजनिक यातायात बन्द गर्ने, सपिङ मल, रेष्टुरेन्ट समेत बन्द गर्ने बारेमा समेत छलफल हुने उनले जानकारी दिए । सरकारले यसअघि नै ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा लकडाउन गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म उपत्यकाका तीन जिल्लासहित मुलुकका ९ सहरमा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । आजै ५ बजे मन्त्रिपरिषद् बैठक समेत बस्दैछ ।

    मन्त्रिपरिषद् बैठकले भाइरस रोकथामका लागि नयाँ प्रतिबन्धहरु घोषणा गर्ने अपेक्षा गरिएको छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.