सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

समाचार पढ्दा र अन्तर्वार्ता गर्दा मास्क लगाउन पत्रकारलाई सरकारको आग्रह


  •    न्युजभित्तो/१२ बैशाख २०७८, आईतवार १५:४७ 
  • काठमाडौं , १२ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्क नलगाउने व्यक्तिको समाचार प्रकाशन प्रसारण नगर्न पत्रकारहरुलाई आग्रह गरेको छ ।

    मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै अबका दिनहरुमा संचारमाध्यमहरु झन् बढी संवेदनशील हुँदै खबरदारी गर्नपर्ने अवस्था आएको भन्दै मास्क नलगाउने व्यक्तिको समाचार सूचनाहरुलाई निरुत्साहित गर्न र प्रकाशन प्रसारण नगर्न आग्रह गरेको छ ।

    साथै मन्त्रालयले सञ्चार माध्यममा समाचार पढ्दा, अन्तरवार्ता लिँदा वा समाचार बनाउँदा मास्कको प्रयोग गर्न पत्रकारहरुलाई अनुरोध समेत गरेको छ ।

    जारी विज्ञप्तिमा भनिएको छ,‘समय आमसञ्चारमा समाचार पढ्दा, अन्तरवार्ता लिंदा वा कुनै पनि कार्यक्रमहरुका समाचार बनाउँदा मास्कको प्रयोग अनिवार्य गरिदिनुहुन तथा मास्कको प्रयोग नगर्ने व्यक्तिहरुका समाचार सूचनाहरुलाई निरुत्साहित गर्न बन्द गर्न, प्रकाशन प्रशारण नगरिदिनुहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अनुरोध गर्दछ।’

    मन्त्रालयले कोभिड १९ को महामारीसंग जुद्न लागि सन्चारकर्मी तथा सञ्चार माध्यमहरुले देखाइरहेको सक्रियता र समन्वयमा सन्देशहरु प्रवाह प्रति आभार प्रकट गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.