सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोभिडविरुद्ध एकताबद्ध हुन प्रमको निर्देशन


  •    न्युजभित्तो/१२ बैशाख २०७८, आईतवार १५:३६ 
  • काठमाडौँ, १२ वैशाख  । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध एकताबद्ध भएर खट्न सम्पूर्ण पार्टी कमिटीलाई निर्देशन दिनुभएको छ । एमाले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बालुवाटारमा आज बसेको तेस्रो बैठकमा उहाँले कोभिड– १९ विरुद्ध सबै पार्टी पङ्क्ति एक ढिक्का भएर परिचालित हुन आग्रह गर्नुभयो ।

    “कोभिड– १९ विरुद्ध लड्नका लागि स्थानीय तह र जिल्लालाई सिङ्गो परिचालन गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ, एक ढिक्का भएर कोभिडविरुद्ध लड्नका लागि सक्रिय रहन आग्रह गर्नुभयो”, बैठकपछि पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । सरकारले पनि आफ्नो स्थानबाट अधिकतम प्रयास गरिरहेको जानकारी दिँदै कोरोनाको नयाँ भेरियन्टका कारण उत्पन्न हुन सक्ने परिस्थितिको सामना गर्न पार्टी पङ्क्ति सक्रिय हुन र जिल्लाजिल्लामा आवश्यक तयारी गर्न प्रधानमन्त्रीले निर्देशन दिएको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो ।

    शनिबार साँझ प्रधानमन्त्रीका उपस्थितिमा बसेको कोभिड क्राइसिस म्यानेजमेन्ट विस्तारित बैठकमा निकालिएको निष्कर्षका बारेमा आज जानकारी दिइएको बताउँदै प्रवक्ता ज्ञवालीले पछिल्लो समय असाध्यै धेरै सङ्क्रमण फैलिने कोभिड –१९ को नयाँ भेरियन्ट देखिएको र त्यसका लागि निकै अक्सिजनको आवश्यकता पर्ने भएकाले नयाँ सिलिण्डर व्यवस्था गर्ने, खोपलाई विस्तार गर्नेलगायत विषयमा पनि छलफल भएको बताउनुभयो ।

    सङ्क्रमणबाट बच्न पूर्णरुपमा बन्दाबन्दी गर्ने सोच नभएको जनाउँदै मन्त्री ज्ञवालीले भन्नुभयो, “सकभर जनजीविकामा प्रतिकूल असर पर्ने गरी बन्दाबन्दी गर्ने तयारी छैन, लकडाउन आफैंँमा अन्तिम समाधान होइन, त्यसैले जनतालाई स्वास्थ्य मापदण्ड पालना गराई मुलुकभर कोभिड महामारीको सामना गर्ने तयारी सरकारको छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.