सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्दै,लक डाउनको निर्णय होला ?


  •    न्युजभित्तो/१२ बैशाख २०७८, आईतवार १४:५७ 
  • काठमाडौं ,१२ वैशाख । पछिल्लो स्वास्थ्य संकटबारे कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बोलाइएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि सीसीएमसीका अध्यक्ष उपप्रधानमन्त्री ईश्वर पोखरेलले अपरान्ह बैठक बोलाएका हुन् ।

    यसअघि शनिवार प्रधानमन्त्री ओलीसहित बालुवाटारमा सीसीएमसीको विस्तारित बैठक बसेको थियो । सो बैठकमा स्वास्थ्य मन्त्रालयको प्रस्तावमाथि छलफल भएको थियो भने सीसीएमसीको तयारीबारे समेत ब्रिफिङ गरिएको थियो ।

    प्रधानमन्त्रीको आवश्यक निर्देशन र सुझावपछि बैठक बोलाइएको हो । सरकारले देशभर एकैपटक लकडाउन नगर्ने नीति लिएको छ । यसबाहेक संक्रमण नियन्त्रणका प्रभावकारी उपायबारे छलफल गरी केही क्षेत्रमा थप कडाई र केही सेवा क्षेत्र नियन्त्रित रुपमा चलाउने निर्णय हुन सक्ने बताइएको छ ।

    कोरोनाको दोस्रो लहर भयावह बन्न सक्ने भएकाले कडाइका साथ स्वास्थ्य मापदण्ड लागु गर्न प्रधानमन्त्रीले निर्देशन दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । यही रूप जारी रहेमा धेरै गार्‍हो हुनसक्ने भएकाले अक्सिनका थप सिलिण्डर मगाउने काम भइरहेको उनले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.