सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

त्रिशुलीमा खस्दा एकको मृत्यु, दुई वेपत्ता र आठ जना घाईते


  •    न्युजभित्तो/१२ बैशाख २०७८, आईतवार ११:५५ 
  • चितवन, १२ वैशाख । भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्ने क्रममा त्रिशुलिमा खसेका मजदु मध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । सोही क्रममा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा भारतको बेतिया जिल्ला घर भएका ४३ वर्षिय विजय यादक रहेका छन् । उनको उपचारका क्रममा चितवन मेडीकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते मध्ये दुई जना सामान्य र ६ जना मध्येम रहेका छन् । उनीहरुको पनि चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ ।

    बेपत्ता हुनेमा भारतको विहार घर भएको श्याम वावु पाठक र सुनिल माझि रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९ वजे तिर पुलमा फलामको काम गर्दै गर्दा फलाम सहित मजदुर खसेका थिए । दुई जना त्रिशुलीमा बेपत्ता भएको र फलामले च्यापिएकाहरुको उद्वार गरिएको उहाँले जानकारी दिनुभयो ।

    निर्माणाधिन सो पुलको केही भाग चैत्र २४ गते भाँचिएर नदिमा खसेको थियो । सो स्थानमा १४ जना मजदुरले काम गरिरहेका थिए । भरतपुर महानगरपालिका वडा नम्बर १, ठिमुरा र देवघाट गाउँपालिका वडा नम्बर ५, घिनाटार जोड्ने ८.५ मिटर चौडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.