सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर आँखा अस्पतालमा गणेश मन्दिर स्थापना


  •    न्युजभित्तो/१२ बैशाख २०७८, आईतवार ११:३३ 
  • चितवन, १२ वैशाख । नेपाल नेत्रज्योति सङ्घले सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा गणेशको मन्दिर स्थापना गरिएको छ ।

    नारायणगढ निवासी किरणलाल प्रधानका दाजुभाइ तथा दिदीबहिनीको परिवारले बुवा ८० वर्षीय भीमलाल र आमा ७३ वर्षीया राममती इच्छानुसार अस्पतालमा मन्दिर निर्माण गरिदिएको हो ।

    छोरा– बुहारी किरणलाल र सुनिता, सुरेशलाल र सरिना, छोरी शान्ति र सनिताले बुवाआमाको चाहनानुसार मन्दिर निर्माण गर्नुभएको हो । भक्तपुरे कालीगढमार्फत मौलिक ढाँचामा मन्दिर निर्माण गरिएको किरणलालले बताउनुभयो । बुवाआमाको चाहनाअनुसार परिवारले मन्दिर निर्माण गरेको उहाँको भनाइ छ ।

    शनिबार मन्दिरमा राखिने गणेशको मूर्ति पूजा तथा प्राणप्रतिष्ठा गरी अस्पताललाई हस्तान्तरण गरिएको छ । अस्पतालका अध्यक्ष कृष्णराज धरेल र प्रमुख मेडिकल निर्देशक एवं आँखारोग विशेषज्ञ डा रघुनन्दन व्यञ्जुलाई उक्त मन्दिर हस्तान्तरण गरिएको हो । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा मन्दिर निर्माण गरेर पवित्र काम गरिएको अस्पतालका अध्यक्ष धरेलले बताउनुभयो ।

    अस्पतालमा हालसम्म कुनै पनि मन्दिर बनेका थिएनन् । अस्पतालमा आउने आँखाका बिरामीलाई दर्शन गर्न सहज होस् भनेर बनाइएको मन्दिरको सबै जिम्मेवारी अस्पताललाई आइसकेको हुँदा त्यसको संरक्षणमा विशेष ध्यान दिइने उहाँको भनाइ छ । अस्पतालमा दैनिक ५०० भन्दा बढी बिरामी उपचारका लागि आउने गर्छन् ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.