सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषकको बाख्रा फार्ममा पुगे इजरायली राजदूत


  •    न्युजभित्तो/१२ बैशाख २०७८, आईतवार ११:२१ 
  • दमौली, १२ वैशाख । नेपालका लागि इजरायली राजदूत हनन गोडरले तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीमा एक युवा कृषकको बाख्रा फार्म अवलोकन गर्नुभएको छ ।

    केही वर्षदेखि व्यावसायिकरूपमा बाख्रापालन गर्दै आउनुभएका शिवकुमार आलेको बाख्रा फार्म अवलोकनका लागि इजरायली राजदूत शनिबार तनहुँ आइपुग्नुभएको हो । बाख्रा फार्म अवलोकनपछि राजदूत गोडरले आलेको बाख्रापालन व्यवसायबाट आफू प्रभावित भएको बताउनुभयो । युवाहरुले कृषिमार्फत नेपाललाई कसरी परिवर्तन गर्दैछन् भन्नेबारेमा प्रत्यक्ष अवलोकन गर्न पाएको बताउँदै उहाँले भन्नुभयो, “एउटा युवकले गरेको बाख्रापालनले मलाई मोहित बनायो ।

    ” उहाँले कृषि पेशालाई रहर मात्र नभई व्यावसायिक बनाउनुपर्ने सुझाव दिनुभयो । “कृषि रहर होइन, यो व्यवसाय हो, एउटा बाटो पनि हो”, उहाँले भन्नुभयो । कृषि अध्ययनका लागि इजरायल पुग्ने नेपाली युवाहरु निकै परिश्रमी भएको राजदूत गोडरको भनाइ थियो । कृषक आलेले बाख्रा फार्ममा राजदूत आउँदा आफू एकदमै उत्साहित भएको बताउनुभयो । “बाख्रापालन शुरु गर्दा कुनै दिन राजदूत आएर गोठको अवलोकन गर्नुहुन्छ भन्ने कल्पनासमेत गरेको थिइनँ”, उहाँले भन्नुभयो, “राजदूतको आगमनले मलाई हौसला मिलेको छ ।” चार वर्ष अगाडि साना किसान सहकारीमार्फत इजरायल पुगेर आधुनिक कृषि प्रविधिसम्बन्धी १० महिने अध्ययन सकेर आएपछि उहाँले बाख्रापालनलाई व्यावसायिकरूपमा अगाडि बढाउनुभएको छ ।

    पाथर्दीका ६० घरधुरीले व्यावसायिक बाख्रापालन गर्दै आएका छन् । बाख्रा बेचेर यहाँका कृषक वार्षिक रु डेढ लाखदेखि २० लाखसम्म आम्दानी गर्न सफल छन् । पाथर्दी गाउँबाट विसं २०७५ चैत १० गते मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँ शुभारम्भ भएको थियो । स्थानीयवासीले दुई वर्षदेखि घरबाससमेत सञ्चालन गरेका छन् । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.