सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘सनातन विद्वत्परिषद् नेपाल’ जिल्ला प्रशासनमा दर्ता


  •    न्युजभित्तो/१२ बैशाख २०७८, आईतवार ११:१२ 
  • काठमाडौँ, १२ वैशाख । धर्मशास्त्रसम्बन्धी विषयको आधिकारिक निर्णय गर्न ‘सनातन विद्वत्परिषद् नेपाल’ नामक संस्था विधिवत्रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरिएको छ ।

    यसअघि एउटै कुरा तीन÷चार जना गुरुहरुलाई सोध्दा अलग–अलग जवाफ आउने गरेकाले मेचीदेखि महाकाली मात्र नभई विश्वभरि नै धर्मशास्त्रका विषयमा यथार्थ उत्तर दिन संस्था स्थापना गरिएको हो । हिन्दू जागरण नेपालको विशेष पहलमा विद्वत्जनको आधिकारिक समिति गठन गरेर यसअघि नै पाँचदिने अन्त्येष्टि कुसंस्कार फैलाउने र नक्कली शङ्कराचार्य घोषणाविरुद्ध एवं गुरुशुक्रास्तसम्बन्धी वास्तविक जानकारी दिइएको थियो ।

    धर्मशास्त्रका विषयमा फैलाइएका भ्रम हटाउन परिषद् सफल भएकाले गत चैत ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विधिवत् दर्ता गरिएको हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले जानकारी दिनुभयो । परिषद्मा आबद्ध हुन नेपालका सबै विशिष्ट विद्वान्लाई आह्वान गरिएको छ । यसका लागि विद्वत्वर्गसँग समन्वय र सम्पर्क गरिने जनाइएको छ ।

    यसबाट सनातन धर्मसम्बन्धी र धर्मशास्त्र आदि विषयको जिज्ञासा उठेमा सम्बन्धित विभागको छलफलद्वारा आधिकारिक निर्णय बाहिर ल्याउने प्रयास गरिने परिषद्ले जनाएको छ । परिषद्ले आवश्यकतानुसार विधर्मी वा विपक्षीसँग शास्त्रार्थ पनि गर्ने वातावरण तयार पार्ने जनाइएको छ । ‘वादे वादे जायते तत्वबोध ः’ भनेझैँ परिषद्ले धर्मशास्त्रसम्बन्धी कुनै पनि विषयको निर्णय विद्वान्का बीच शास्त्रार्थ गरेर नै गरिने लक्ष्य राखेको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.