सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर्णाली प्रदेश विकास परिषद्को दोस्रो बैठक आज


  •    न्युजभित्तो/१२ बैशाख २०७८, आईतवार १०:२७ 
  • कर्णाली, १२ वैशाख ।  कर्णाली प्रदेश सरकारको दोस्रो प्रदेश विकास परिषद् बैठक आज बस्ने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बैठक आज ११ः०० बजेबाट शुरु हुँदैछ ।

    कर्णाली प्रदेश सरकार तथा प्रदेश योजना आयोगद्वारा आयोजित बैठकमा प्रथमतः कर्णाली प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा सर्वराज खड्काले कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको कार्यान्वयनबारे कार्यपत्र प्रस्तुत गर्ने र त्यसमा छलफल हुने प्रदेश विकास परिषद्को दोस्रो बैठक तयारी समिति संयोजक तथा आयोगका सदस्य डा दीपेन्द्र रोकायले जानकारी दिनुभयो ।

    त्यस्तै बैठकमा संयोजक डा रोकायले चालु आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन र आगामी आर्थिक वर्षका लागि लिनुपर्ने नीति, कार्यक्रम र बजेटसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुहुनेछ र त्यसपश्चात राय सुझाव लिइने तालिका सार्वजनिक गरिएको छ । आयोगका सदस्य योगेन्द्र शाही र दिव्यराज पोखरेलले प्रस्तुत गर्ने परियोजना बैंक र लगानी सम्मेलन तथा सहलगानीका सम्बन्धमा बैठकमा छलफल गरी परिषद्को मार्गदर्शन लिइने जनाइएको छ ।

    उक्त बैठकमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा दलका प्रमुख नेता, समितिका अध्यक्ष, आयोगका पदाधिकारी, प्रदेश सचिव, जिल्ला समन्वय प्रमुख, नगरपालिका तथा गाउँपालिकाका प्रमुख÷अध्यक्ष, विभिन्न क्षेत्रबाट मनोनित पाँच जना, कर्णाली विज्ञ समूहका साथै लब्धप्रतिष्ठित व्यक्तिहरूलाई आमन्त्रण गरिएको सयोजक डा रोकायले बताउनुभयो । उहाँका अनुसार बैठक भर्चुअलरूपमा सञ्चालन हुनेछ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.