सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दमौलीमा एभरेष्ट बैंकको शाखा उद्घाटन


  •    न्युजभित्तो/१० बैशाख २०७८, शुक्रबार १६:४३ 
  • दमौली, १० वैशाख । तनहुँको सदरमुकाम दमौलीमा एभरेष्ट बैंकको शाखा उद्घाटन गरिएको छ ।

    व्यास नगरपालिका–२ मा विस्तार गरिएको शाखाको आज व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले शुभारम्भ गर्दै बैंकले सहज र सरल सुलभ व्यवसायी तथा सर्वसाधारणलाई सेवा दिन आग्रह गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले राम्रा योजना छनोट गरेर बैंकले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

    तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले कोभिडका कारण अप्ठ्यारोका परेका व्यवसायीलाई राहत दिने खालका योजना ल्याउन आग्रह गर्नुभयो । दमौलीमा विस्तार भएको शाखा १०३औँ शाखा हो । छब्बीस वर्ष पहिला स्थापना भएको बैंकको एघार लाख सन्तुष्ट ग्राहक रहेको बैंकका गण्डकी प्रदेश प्रमुख राजु गौलीले जानकारी दिनुभयो ।

    गण्डकी प्रदेशमा बैंकका १० वटा शाखा सञ्चालनमा छ । बैंकले घर कर्जा, सौगात बचत खाता, सवारी साधन कर्जा, नारी बचत खाता, शैक्षिक कर्जा लगायतका सेवा प्रवाह गरिरहेको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.