सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वास्थ्य मापदण्डबमोजिम चल्न थाले राजधानीका सङ्ग्रहालय


  •    न्युजभित्तो/१० बैशाख २०७८, शुक्रबार १३:४० 
  • काठमाडौँ, १० वैशाख । नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि उपत्यकाका सङ्ग्रहालय स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेरमात्र अवलोकन गराउन थालिएको छ ।

    विद्यालय खुला हुँदा विद्यार्थी समूहमा आउने गरेकामा हाल समूहमा अवलोकनकर्ता नआउने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यालय प्रमुख सन्दीप खनाल बताउनुहुन्छ । चैत दोस्रो सातासम्म सङ्ग्रहालयमा दैनिक ३०० भन्दा बढी अवलोकनकर्ता आउँथे । अहिले भने कोरोना त्रासका कारण आगन्तुक घटेका छन् ।

    सङ्ग्रहालय प्रवेश गर्न मास्क अनिवार्य गरिएको छ । समितिका तर्फबाट प्रवेशढोकामा स्यानिटाइजर राखिएको उहाँले जानकारी गराउनुभयो । सङ्ग्रहालयभित्र एकपटकमा २५ जनाभन्दा बढी अवलोकनकर्ता नपठाउने गरी व्यवस्था मिलाइएको छ । राष्ट्रिय सङ्ग्रहालय छाउनीका कार्यालय प्रमुख जयराम श्रेष्ठ भौतिक दूरी कायम गरेर सरकारले जारी गरेको स्वास्थ्य मापदण्डअनुसार अवलोकनकर्तालाई प्रवेश दिइएको बताउनुहुन्छ ।

    कोरोनाका बिरामी बढ्न थालेपछि अवलोकनकर्ता पनि घट्न थालेको उहाँले सुनाउभयो । छाउनीमै रहेको मुद्रा सङ्ग्रहालयमा पनि फाट्टफुट्टमात्र अवलोकनकर्ता आउने गरेका छन् । सङ्ग्रहालय स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गरिएको कार्यालय प्रमुख प्रतिमा रञ्जितले राससलाई जानकारी दिनुभयो ।

    नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिअन्तर्गत चलिरहेको नारायणहिटी सङ्ग्रहालयमा पनि १० दिनअघिदेखि आन्तरिक पर्यटक घट्न थालेका छन् । समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाल हाल स्वास्थ्य मापदण्ड पालना गरेर सङ्ग्रहालय र गणतन्त्र स्मारक खुला गरिएको बताउनुहुन्छ ।

    राजधानीका सङ्ग्रहालयमा विसं २०७६ चैत ११ गते बन्दाबन्दी जारी गरेपछिदेखि नै बाह्य पर्यटक आएका छैनन् । आन्तरिक पर्यटकका भरमा चलेका सङ्ग्रहालय नयाँ भेरियन्टसहितको कोभिड– १९ का सङ्क्रमित देशका मुख्य शहरमा बढ्न थालेपछि आन्तरिक अवलोकनकर्ता पनि घट्दै जान थालेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.